सोमबार, असार २९, २०८३

मेक्सिकोसंग पराजित कोरिया समुहचरणबाटै बाहिरियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- लगातार दुई खेलमा पराजित भएसंगै एसियाली टोली दक्षिण कोरिया समूह चरणबाटै बहिरिएको छ ।

शनिबार राती भएको खेलमा मेक्सिकोसँग २–१ ले पराजित भएसंगै कोरिया समुह चरणबाटै बारिहएको हो । 

यसअघि पहिलो खेलमा कोरिया स्वीडेनसंग १–० ले पराजित भएको थियो । पहिलो खेलमा जर्मनीलाई हराएको मेक्सिकोले दोस्रो खेलमा कोरियामाथि सहज जित हात पार्यो ।

खेलको  पहिलो ६औं मिनेटमा कार्लोस भेलाको पेनाल्टी गोलमार्फत मेक्सिकोले अग्रता लिएको थियो ।  दक्षिण कोरियाली डिफेण्डरले डिबक्सभित्र ह्याण्ड गरेपछि मेक्सिकोले पेनाल्टी पाएको थियो ।

दोस्रो हाफमा मेक्सिकोको अर्को एक थोल थप्यो । जाभियर हर्नाण्डेजले ६६औं मिनेटमा लोजानोको पासमा गोल गरे ।

खेलको इन्ज्यूरी समयमा दक्षिण कोरियाले १ गोल फर्काए पनि त्यो जितका लागि प्रयाप्त बनेन । दक्षिण कोरियाका लागि सान्तावना गोल सोन हेउनमिनले गरेका थिए । 

यो हारसंगै कोरिया समुह चरणबाटै घर फर्किने निश्चित भएको छ भने मेक्सिको विजयी भएसंगै नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो भएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।