सोमबार, असार २९, २०८३

अन्तिम मिनेटमा गरेको गोलले जोगियो जर्मनी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत जारी समुहचराणको खेलमा जर्मनीले रोमान्चक जित हात पारेको छ । खेलको अन्तिम मिनेटमा गोल गर्दे जर्मनीले स्वीडेनलाई २-१ गेलअन्तरले हराएको हो । 

१-१ गोलको बराबरीमा रहेको खेलमा निर्धारित समय सकिएपछि थपिएको ५ मिनेटको पाँचौ मिनेटमा जर्मनीले गोल गरेको थियो । जर्मनीका लागि अन्तिम समयमा टोनी क्रुसले गोल गरेका हुन् । उनी जर्मनीको जितमा नायक बने । 

स्वीडेनका लागि ओआए टोइभोनेनले गोल ३२ औँ मिनेटमा गोल गरेर जर्मनीलाई दबाबमा राखेका थिए । जसको जवाफमा जर्मनीका मार्को रुइसले ४८ औँ मिनेटमा बराबरी गोल फर्काएका थिए ।

निर्धारित समयसम्म बराबरी रहेको खेललाई थपिएको पाँचौ मिनेटमा गोल गर्दै टोनी क्रुसले जर्मनीको  अघिल्लो चरण प्रवेशको बाटो बलियो बनाए । 

जर्मनीले २ खेलमा १ खेलमा हार र एक खेलमा जित हात पार्दै ३ अंक भएको छ । त्यस्तै, स्वीडेनको पनि समान ३ अंक रहेको छ । अब नकआउट चरणमा पुग्नका लागि जर्मनीले दक्षिण कोरियालाई पराजित गर्नै पर्ने हुन्छ ।

यता, स्वीडेनले अन्तिम खेल मेक्सिकोसँग खेल्दैछ । मेक्सिकोलाई स्वीडेनले पराजित गरेमा नकआउट चरणमा जाने सम्भावना कायमै हुन्छ । यस्तो अवस्थामा मेक्सिको, जर्मनी र स्वीडेनको समान ६–६ अंक हुनेछ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।