सोमबार, असार २९, २०८३

विश्वकपमा आज तीन खेल, कसले मार्ला बाजी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- रुसमा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार तीन खेल हुँदैछन् ।

साँझ पौने ६ बजे हुने पहिलो खेलमा बेल्जियम र ट्युनिसिया आमन्ने सामन्ने हुनेछन् । बेल्जियमले पानामालाई ३-० गोल अन्तरले पराजित गर्दै तीन अंक प्राप्त गरेको छ । त्यस्तै ट्युनिसिया इंग्ल्याण्यसँग २-१ ले पराजित भएको थियो । शनिबारको खेल जिते बेल्जियम अन्तिम १६ मा पुग्ने सम्भावना बढ्नेछ । ट्युनिसियाको जित पनि अघिल्लो चरणका प्रवेशका लागि उत्तिकै महत्वपूर्ण छ ।

त्यस्तै प्रतियोगिता अन्तर्गत दोस्रो खेल दक्षिण कोरिया र मेक्सिकोबीच हुनेछ । राति पौने नौ बजे शुरु हुने खेललाई निक्कै रोचक हुने खेलप्रेमीको विश्वास छ । मेक्सिकोले डिफेन्डिङ च्याम्पियन जर्मनीलाई २-० ले पराजित गर्दै तीन अंक जोडेको छ ।

दक्षिण कोरियालाई पनि हराएर अघिल्लो चरणमा जाने योजनाका साथ मेक्सिको मैदानमा उत्रँदैछ । पहिलो जितका लागि मैदानमा उत्रने कोरिया यसअघिको खेलमा स्वीडेनसँग १-० ले पराजित भएको थियो ।

त्यस्तै प्रतियोगिता अन्तर्गत राति पौने १२ बजे हुने खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनी र स्वीडेन भिड्नेछन् । मेक्सिकोसँग पराजित जर्मनी स्वीडेन विरुद्ध कडा रुपमा प्रस्तुत हुने तयारीका साथ मैदान उत्रने योजनामा हुँदा कोरियालाई हराएर उच्च मनोबलमा रहेको स्वीडेन दुवै खेल जित्ने लक्ष्यका साथ मैदान उत्रँदैछ ।

यसअघि शुक्रबार भएका खेलमा ब्राजिलले कोस्टारिकालाई, नाइजेरियाले आइसल्याण्डलाई र स्वीट्जरल्याण्डले सर्वियालाई पराजित गरेको छ ।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।