बुधबार, असार २४, २०८३

कसरी भएको थियो युरोकपको त्यो सबैभन्दा उत्कृष्ट गोल?

चेक रिपब्लिकका फरवार्ड प्याट्रिक सिकले स्कटल्याण्डविरुद्ध गरेको एक गोल युरोकपको सबैभन्दा उत्कृष्ट गोल चुनिएको छ।
 |  बिहीबार, असार ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३१, २०७८

काठमाडौं- चेक रिपब्लिकका फरवार्ड प्याट्रिक सिकले स्कटल्याण्डविरुद्ध गरेको एक गोल युरोकपको सबैभन्दा उत्कृष्ट गोल चुनिएको छ। उनले सेन्टर लाइन छेउबाट गरेको गोल युरोकपको सबैभन्दा उत्कृष्ट गोल घोषित भएको हो।

युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले सामाजिक सञ्जालमार्फत् गरेको एक पोलमा उनको गोलले सर्वाधिक मत पाएको थियो। त्यसपछि उसले सिकको गोल युरोको सबैभन्दा उत्कृष्ट गोल रहेको बताएको हो।

त्यो गोलसँगै जित निकालेको चेक रिपब्लिकले युरोकपमा सहज सुरुआत गरेको थियो। उत्कृष्ट घोषित गर्न छानिएकामध्ये भोटका आधारमा फ्रान्सका पाउल पोग्बाले गरेको गोल दोस्रो भएको थियो भने क्रोएसियाका मिडफिल्डर लुका मोड्रिचले गरेको गोल तेस्रो भएको थियो।

सिकले युरोकपमा पाँच गोल गरे। समान पाँच गोल गरेका रोनाल्डोले गोल्डेन बुट जितेको थिए। सिक समय खेलका आधारमा रोनाल्डोभन्दा पछि परेका थिए।

यसरी भएको थियो युरोकपको सबैभन्दा उत्कृष्ट गोल

फुटबल मैदानको सेन्टरलाइनबाट स्कटल्याण्डको पोस्टतर्फ दुई पाईला अघि बढ्दै चेक रिपब्लिकका प्याट्रिक सिकले गरेको प्रहार गोलमा परिणत भएको थियो। र, प्याट्रिकले सेन्टरलाइन छेउबाट गरेको गोल प्रतियोगिताको एउटा सम्झनलायक पल बन्यो।

प्याट्रिकले स्कटल्याण्डका गोलकिपरको गल्ती पत्ता लाउँदै काउन्टर अट्याकमा मैदानको बीच भागबाटै प्रहार गरेका थिए। त्यतिबेला स्कटल्यान्डका गोलकिपर डेबिड मार्सल पोस्टबाट निकै अघि थिए। त्यसको फाइदा लिँदै सिकले आफ्नो बायाँ खुट्टाले गरेको प्रहार गोलकिपरको माथिबाट अघि बढ्दै पोस्टभित्र छिरेको थियो।

गोलकिपर मार्सलले बल बचाउन प्रयास गरे पनि उनको गतिले बलको गति भेट्न र जित्न सकेन। 

सिकको दोस्रो हाफको सो गोल गरेसँगै चेक रिपब्लिकविरुद्ध स्कटल्याण्ड दुई गोलले पछि परेको थियो। युरोकप २०२० अन्तर्गत जेठ ३१ गते सोमबार राति सम्पन्न खेलमा स्कटल्याण्डले चेक रिपब्लिकलाई गोल फर्काउन नसकेपछि उसले २-० गोलको हार बेहोरेको थियो।

त्यसो त पहिलो हाफको ४२ औं मिनेटमै भी कोउफलले उपलब्ध गराएको बललाई सदुपयोग गर्दै प्याट्रिकले चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए।

यससँगै पहिलो हाफमा चेक रिपब्लिकलेल स्कटल्याण्डलाई एक गोलले पछि पारेको थियो । त्यस्तै दोस्रो हाफको ५२ औं मिनेटमा टी सउसेकले दिएको पासलाई प्याट्रिकले नै गोलमा बदलेका थिए।

प्रकाशित: Jul 15, 2021| 13:12 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।