बुधबार, चैत ११, २०८२

मुसाको दुर्इ गोलले नाइजेरियाको सानदार जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- आइसल्याण्डमाथि महत्वपूर्ण जितसँगै नाइजेरियाले विश्वकपको नकआउट चरण पुग्ने सम्भावना कायम राखेको छ । शुक्रबार राति भएको खेलमा दुर्इ गोल गर्दै नाइजेरियाले आइसल्याण्डलार्इ रुस विश्वकपमा पहिलो हार दिलाएको छ ।

नाइजेरियाको जितका लागि अहमद मुसाले दुई गोल गरेका थिए । आइसल्याण्डका गेल्फी सिगुडसन पेनाल्टीमा चुक्दा आइसल्याण्ड नाइजेरियाको गोल अन्तर २-० भयो ।  

प्रतियोगिता अन्तर्गत गोलरहित बराबरीमा सकिएको पहिलो हाफ निक्कै प्रतिष्पर्धात्मक भएको थियो । दोस्रो हाफको शुरुमै गोल गरेका मुसाले नाइजेरियालार्इ अग्रता दिलाए । खेलमा ७५ औं मिनेटमा मुसाकै दोसो गोलले नाइजेरियालाई महत्वपूर्ण जित दिलायो ।

खेलको अन्त्यतिर भीएआरमार्फत आयसल्याण्डले पाएको पेनाल्टी सदुपयोग गर्न सकेन । सेगुडसनको प्रहारले जाली चुम्न नसकेपछि २-० को नतिजासँगै खेल सकियो ।

अब समूह चरणको अन्तिम खेलले नकआउट चरणमा पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ ।

६ अंक बटुलेको क्रोएसिया अन्तिम १६ मा पुगिसकेको छ । नाइजेरियाको ३ तथा आइसल्याण्ड र अर्जेन्टिनाको समान १-१ अंक छ ।
अब नाइजेरिया र अर्जेन्टिना तथा क्रोएसिया र आइसल्याण्ड खेल्नेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।