काठमाडौं- नयाँ दिल्लीस्थित मेदान्त अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहेका ९९ वर्षीय राष्ट्रकवि माधव घिमिरे स्वस्थ भएर स्वदेश फर्किएका छन्।
दुर्इ साताअघि दिल्ली लगिएका घिमिरेलार्इ मेदान्तमा स्वास्थ्य जाँचपछि हेरचाहका लागि दिल्लीस्थित नेपाली दुतावासमा राखिएको थियो।
दिल्लीस्थित मेदान्तमा उपचार गराएपछि स्वास्थ्यमा पर्याप्त सुधार आएको पारिवारिक स्रोतले जनाएको छ । राष्ट्रकवि घिमिरे बिहीबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
मेदान्त अस्पतालबाट उपचार गराएर फर्किएका राष्ट्रकवि घिमिरेको पुनः सानो आन्द्राबाट रक्तस्राव हुन थालेपछि गत जेठ २१ गते फेरी मेदान्त अस्पतालमा भर्ना गरिएको थियो । यसअघि उनलाई जेठ ९ देखि १९ गतेसम्म मेदान्त अस्पतालमै उपचार गराइएको थियो ।
उनको चिकित्सक डा रणवीर सुदको टोलीले उपचार गरेको थियो । राष्ट्रकवि घिमिरे गत वैशाख २८ गतेदेखि सानो आन्द्राबाट निरन्तर रक्तस्राव भएपछि अस्वस्थ भएका थिए । शुरुमा धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराएका घिमिरेको स्वास्थ्यमा सुधार नआएपछि भारत लगिएको हो ।
उपचार गराएर स्वदेश फर्किएका राष्ट्रकवि घिमिरेका तस्बिरहरू