काठमाडौं- कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दुराष्ट्र पुन:स्थापनाका लागि राष्ट्रिय जनजागरण अभियान चलाउने भएको छ ।
शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले २८ असारदेखि असोज मसान्तसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।
गत जेठमा वीरगञ्जमा बसेको केन्द्रीय परिषद् बैठकको मार्गदर्शनअनुसार राष्ट्रिय अभियान चलाउने निर्णय गरेको पाठकले बताए । अभियानअन्तर्गत् विभिन्न तहमा भेला, प्रशिक्षण, सभा तथा घरदैलो कार्यक्रम गरिने राप्रपाले जनाएको छ ।
'प्रधानमन्त्रीको चीन भ्रमण सकारात्मक'
यसैबीच, राप्रपाले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण सकारात्मक भएको टिप्पणी गरेको छ । भ्रमणका क्रममा भएका पारवहान, व्यापारलगायत रेल, बिजुली, पर्यटन र पूर्वाधारसम्बन्धि सम्झौता र समझदारीहरूलाई कार्यान्वयन गर्ने प्रतिबद्धताले देशलाई फाइदा गर्ने राप्रपाको निष्कर्ष छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४