मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • युरोकप र विम्बल्डन टेनिस हेर्न गएका इन्डियन क्रिकेटरलाई कोरोना

युरोकप र विम्बल्डन टेनिस हेर्न गएका इन्डियन क्रिकेटरलाई कोरोना

विश्व टेस्ट च्याम्पियनसिपछि विदा मनाइरहेका इन्डियन क्रिकेट टिमका खेलाडीलाई कोभिड–१९ को संक्रमण भएको छ।
 |  बिहीबार, असार ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३१, २०७८

काठमाडौं– विश्व टेस्ट च्याम्पियनसिपछि विदा मनाइरहेका इन्डियन क्रिकेट टिमका खेलाडीलाई कोभिड–१९ को संक्रमण भएको छ।

इंग्ल्यान्डको लर्डस् रंगशालामा सम्पन्न विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्यान्डसँग हार बेहोरेका इन्डियन खेलाडी अहिले विदा मनाइरहेका छन्। विदाका दौरान विकेट किपर तथा ब्याट्स्मेन ऋषभ पन्तसमेत दुई खेलाडीको कोरोना रिपोर्ट पोजेटिभ आएको छ।

त्यसमध्ये एक खेलाडीको रिपोर्ट भने नेगेटिभ आइसकेको छ। यता पन्तलगायतका खेलाडी भने अहिले पनि आइसोलेसनमा छन्। अब उनको १८ जुलाईमा अर्को टेस्ट गरिने छ।

त्यस्तै रोहित शर्मा र अजिंक्य रहाणे पनि परिवारको साथ विना मास्क वाहिर घुम्न निस्किएका थिए। पन्त इंग्ल्यान्ड र जर्मनीबीच भएको प्रतियोगिता हेर्न वेम्बली रंगशालामा पुगेका थिए।

यता रविचन्द्र अश्विन भने विम्बल्डन खेल हेर्न रंगशालामा पुगेका थिए। युरोकप फुटबलका कारण अहिले इंग्ल्यान्डमा कोभिड संक्रमणका दर बढेको पाइएको छ। अहिले संयुक्त अधिराज्यभर सात लाख ५० हजारभन्दा धेरैलाई कोभिड देखिएको छ।

प्रकाशित: Jul 15, 2021| 07:42 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।