बुधबार, असार २४, २०८३

ओलम्पिकका खेलाडीले आफै मेडल लगाउनुपर्ने

कोभिड–१९ को महामारीको प्रभावका कारण टोक्यो ओलम्पिकमा मेडल जित्ने खेलाडीले अब आफूले धारण गर्ने मेडल आफै लगाउनुपर्ने भएको छ। कोरोना भाइरसको संक्रमणबाट जोगिन आयोजले खेलाडी आफैले मेडल लगाउनु पर्ने नियम ल्याएको हो।
 |  बिहीबार, असार ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३१, २०७८

काठमाडौं- कोभिड–१९ को महामारीको प्रभावका कारण टोक्यो ओलम्पिकमा मेडल जित्ने खेलाडीले अब आफूले धारण गर्ने मेडल आफै लगाउनुपर्ने भएको छ। कोरोना भाइरसको संक्रमणबाट जोगिन आयोजले खेलाडी आफैले मेडल लगाउनु पर्ने नियम ल्याएको हो।

‘ओलम्पिकमा हुने ३ सय ३९ इभेन्टको मेडल सेरेमोनीबारे अन्तर्राष्ट्रिय ओलपम्पिक कमिटी (आईओसी)ले नयाँ नियम ल्याएको छ,’ आईओसीका अध्यक्ष थोमस ब्याचले बुधबार भने।

‘अब मेडल खेलाडीको घाँटीमा लगाइने छैन,’ अध्यक्ष ब्याचले अन्तर्राष्ट्रिय मिडिया प्रेस कन्फरेन्समा भने, ‘ट्रेमा एथ्लिटका लागि मेडल राखिएको हुन्छ। त्यहाँबाट उनीहरूले मेडल लगाउनेछन्।’

यता ट्रेमा मेडल राख्ने मानिसले पनि डिसइन्फेक्ट गरिएको पञ्जा लगाएर काम गर्नु पर्नेछ। जसले एथ्लिटलाई मेडलको सुरक्षामा विश्वास हुनेछ।

त्यस्तै, ब्याचले प्रतियोगिताको दौरान हात मिलाउने र अंकमाल गर्न पाउने छैनन्। यता पुरस्कार वितरण उत्सवमा सबैले मास्क लाउनुपर्ने छ।

जापानको टोक्योमा आउँदो जुलाई २३ बाट ओलम्पिक सुरु हुँदैछ। यता, टोक्योमा कोभिड-१९ को केसहरू पनि बढिरहेका छन्।

प्रकाशित: Jul 15, 2021| 07:19 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।