बुधबार, असार २४, २०८३

युरोकपको सर्वोत्कृष्ट खेलाडी डोनारुमा पीएसजीमा अनुबन्ध

युरोकप विजेता इटालीका गोलकिपर जियनलुइजी डोनारुमा पेरिस सेन्ट जर्मन (पीएसजी) मा अनुबन्ध भएका छन्। उनी फ्रि ट्रान्सफरमार्फत् पीएसजीमा अनुबन्ध भएका हुन्।
 |  बिहीबार, असार ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३१, २०७८

काठमाडौं- युरोकप विजेता इटालीका गोलकिपर जियनलुइजी डोनारुमा पेरिस सेन्ट जर्मन (पीएसजी) मा अनुबन्ध भएका छन्। उनी फ्रि ट्रान्सफरमार्फत् पीएसजीमा अनुबन्ध भएका हुन्।

इटालीको टिमबाट उत्कृष्ट प्रदर्शन गर्दै युरोकपको उपाधि जितेका डोनारुमा यसअघि एसी मिलानमा थिए। २०१५ मा सिनियर टिमबाट सिरी 'ए'मा डेब्यू गरेका उनले एक सुपरकोपा इटालिया जिते। छ सिजन एसी मिलानमा बिताएका डोनारुमाले त्यहाँ पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

उनले इटालीको सिनियर टिममा भने २०१६ मा डेब्यू गरेका थिए। त्यसअघि उनले यू १५, यू १६, यू १७ र यू २१ मा पनि खेलिसकेका छन्। २२ वर्षे गोलकिपरलाई ओलम्पिक टिममा भने अझैसम्मअ अवसर छ।

उनले इटालीको टिमबाट पछिल्लो समयमा लगातार १० खेलमा क्लिन सिट राखेका थिए।

पीएसजीले यसअघि रियल मड्रिडका अुनभवी डिफेन्डर सर्जियो रामोसलाई पनि पीएसजीमा अनुबन्ध गरेको थियो।

प्रकाशित: Jul 15, 2021| 05:49 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।