सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पुर्पक्षविरुद्ध पुनरावेदन गरेर छुटे आचार्य श्रीनिवास

पुर्पक्षविरुद्ध पुनरावेदन गरेर छुटे आचार्य श्रीनिवास

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
मोरङ- आफैंलार्इ गोली हान्न लगाएको अभियोगमा पुर्पक्षका लागि जेल जलान गरिएका आचार्य श्रीनिवास भन्ने दिनेश पण्डित पाँच हजार धरौटीमा रिहा भएका छन् । पुर्पक्षका लागि जेल चलान गरिएपछि आचार्यले त्यसविरुद्ध पुनरावेदन गरेका थिए । 

उनलार्इ शुक्रबार मोरङ जिल्ला अदालतले पाँच हजार धरौटीमा रिहा गरेको डीएसपी निशान थापाले जानकारी दिए । 

उनलार्इ प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासले हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ को (क) बमोजिम पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेपछि १६ जेठमा झुम्का कारागार पठाइएको थियो ।

आफैंलाई गोली हान्न लगाएर हिन्दुराज्य स्थापनाका लागि आन्दोलन गराउन असफल प्रयास गरेको अभियोगमा उनी पक्राउ परेका थिए।

यस्तै, आचार्यलाई गोली हान्ने उनकै अंगरक्षक चितवन भरतपुर महानगरपालिका बेलचोकका २९ वर्षीय रोशन भन्ने माधव चौधरी तथा गोली र पेस्तोलको व्यवस्थापन गर्ने नवलपरासीको गैंडाकोट-५ का ३२ वर्षीय खान र सन्तोष भन्ने लक्ष्मीराज अधिकारीलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।