बुधबार, असार २४, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • राष्ट्रिय महिला टिमकी फरवार्ड सावित्राको घुँडाको शल्यक्रिया आज

राष्ट्रिय महिला टिमकी फरवार्ड सावित्राको घुँडाको शल्यक्रिया आज

राष्ट्रिय महिला टिमकी फारवार्ड सावित्रा भण्डारीको घुँडाको शल्यक्रिया आज हुने भएको छ।
 |  बिहीबार, असार ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३१, २०७८

काठमाडौं- राष्ट्रिय महिला टिमकी फारवार्ड सावित्रा भण्डारीको घुँडाको शल्यक्रिया आज हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले उनको आज शल्यक्रिया हुने बताएका हुन्।

गएको फागुन ३ गते ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपाल पुलिसविरुद्धको खेलमा उनको घुँडामा चोट लागेको थियो। १० खेलमा सर्वाधिक ४३ गोल गरेकी सावित्रा राष्ट्रिय महिला लिगको सर्वाधिक गोलकर्तासमेत चुनिएकी थिइन्।

चोट लागेको झन्डै पाँच महिनामा उनको शल्यक्रिया हुन लागेको हो। उनको उपचारको लागि एन्फाले कतारको एस्पिटर अस्पतालमा व्यवस्था मिलाएको थियो।

यसअघि नेपाली फुटबल टिमका फरवार्ड विमल घर्ती मगर र विक्रम लामाको पनि कतारमै उपचार भएको थियो।

सावित्राको घुँडाको एसिएलको शल्यक्रिया गर्न लागिएको हो। सामान्यतः यो शल्यक्रियापछि खेलाडीहरूले ९ महिना आराम गर्नुपर्ने हुन्छ।

प्रकाशित: Jul 15, 2021| 05:24 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।