सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ह्युण्डाईको विश्वकप योजना, ‘रोड टु रसिया’ मार्फत ४ जना रसिया जाँदै

ह्युण्डाईको विश्वकप योजना, ‘रोड टु रसिया’ मार्फत ४ जना रसिया जाँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- लक्ष्मी इन्टरनेशनल प्रालि नेपालको लागि ह्युण्डाईको आधिकारिक डिलर शुरु गरेको ‘रोड टु रसिया’ योजना अन्तर्गत चार जना रसिया जाने भएका छन् । 

विश्वकै सबैभन्दा प्रख्यात र लोकप्रिय फुटबल प्रतियोगिता फिफा विश्वकपलाई लक्षित गरेर ह्युण्डाईले यो योजना आफ्ना पुराना र नयाँ ह्युण्डाई ग्राहकहरुको लागि सुरु गरको थियो । 

यस योजना अन्तगर्त फिफा विश्वकप २०१८ को फाइनल म्याचको टिकेट विजेताको घोषणा, ह्युण्डाई शोरुम थापाथलीमा सम्पन्न लक्की ड्रमार्फत् गरिएको थियो । जसमा कन्ज्युमर आई नेपालका अध्यक्ष, सुश्री बिमला खनाल प्रमुख अतिथि थिइन् ।

उक्त लक्की ड्रमार्फत् हालका ह्युण्डाई ओनरहरु मध्ये रानीपौवा, पोखरा निवासी अनिसा गुरुङ र पोखरा निवासी लाल बहादुर गुरुङ विजेता भएका छन् भने नयाँ ग्राहकहरु मध्ये भरतपुर, ५ चितवन निवासी बिनोद कुमार भट्ट र दमक निवासी गोपाल अग्रवाल विजेता भएका हुन् । यसका साथै यस योजनामा हरेक ह्युण्डाईको खरिदमा ४३ वा ५५ इन्चसम्मको स्मार्ट एलइडी टिभि पक्का पुरस्कारकोरुपमा प्रदान गरिएको थियो । 

अन्तर्राष्ट्रिय फुटबलका फ्यानहरुलाई ह्युण्डाईको यस योजनाले विश्वकै सबैभन्दा रोमाञ्चक र प्रख्यात म्याच, २०१८ फिफा वल्र्ड कप रसियाको फाइनलको प्रत्यक्षदर्शी बन्ने मौका प्रदान गरेको छ । विजेताले हवाईटिकेट र बसाई खर्चको विशेष भ्रमण प्याकेजको साथ जीवनमै एक पटक अनुभव गर्नसकिने विशिष्ट अनुभूति हासिल गर्नेछन् । 

फुटबलका फ्यानहरुलाई अद्भुत र रोमाञ्चक अनुभव प्रदान गर्दै ह्युण्डाई विश्व फुटबललाई साथ दिन र विकास गर्नको लागि प्रतिबद्ध छ । ठीक त्यसरी नै ह्युण्डाई आफ्ना ग्राहकहरुलाई ह्युण्डाईको ओनर भए वापत विश्वकै विशिष्ट अनुभूति प्रदान गर्न पनि प्रतिबद्ध छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।