बुधबार, असार २४, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • कोपा अमेरिका र युरोकप विजेताबीच ‘म्याराडोना सुपर कप’ को तयारी

कोपा अमेरिका र युरोकप विजेताबीच ‘म्याराडोना सुपर कप’ को तयारी

अर्जेन्टिनाका पूर्व राष्ट्रिय खेलाडी डिएगो म्याराडोनाको सम्झनामा सुपर कप हुने भएको छ।
 |  बुधबार, असार ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ३०, २०७८

काठमाडौं- अर्जेन्टिनाका पूर्व राष्ट्रिय खेलाडी डिएगो म्याराडोनाको सम्झनामा सुपर कप हुने भएको छ। कोपा अमेरिकाको विजेता र युरोकपको विजेताबीच प्रतियोगिताको गर्न दुवै देशका महादेशीय फुटबल संघले तयारी थालेका हुन्।

तर खेलाडीहरूको व्यस्त तालिकाबीच अहिले युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफए र दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय कोनम्बलले सहज हुने मिति छनोट गर्ने तयारी गरिरहेका छन्।

गएको आइतबार सम्पन्न कोपा अमेरिकाको फाइनलमा ब्राजिललाई घरेलु मैदानमा हराउँदै अर्जेन्टिना विजयी भएको थियो। त्यस्तै, आइतबार राति इङ्ल्यान्डमा भएको युरोकप फाइनलमा घरेलु टिमलाई हराउँदै इटाली विजेता भएको थियो।

त्यसैले अर्जेन्टिना र इटालीबीच म्याराडोना सुपर कपको तयारी गरिएको हो। अर्जेन्टिनाको ओले नामक एक पत्रिकाले यो प्रतियोगिताको विचार बाहिर ल्याएको थियो। तर, अहिलेसम्म प्रतियोगिता हुने वा नहुनेबारे टुंगो भने लागिसकेको छैन।

इटालीको इन्टर मिलानमा म्याराडोनाले पाँच वर्ष विताएका थिए। र, गएको मंसिरमा ६० वर्षको उमेरमा उनको निधन भएको थियो।

‘के तपाई अमेरिका र युरोपको च्याम्पियन्सबीच सुपर कपको विचार गर्न चहानुहुन्छ? ‘नम्बर १०’ का लागि त्योभन्दा राम्रो श्रद्धाञ्जली के हुनसक्छ?’ ओलेले लेखेको छ।

प्रकाशित: Jul 14, 2021| 11:45 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।