सोमबार, असार २९, २०८३

थपिएको समय ब्राजिलका लागि उपहार, कोस्टारिका २-० ले पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रुस- थपिएको समयमा ब्राजिलका लागि उपहार सावित भएको छ । थप गरिएको छ मिनेटमा गरेको दुर्इ गोलले कोस्टारिका पराजित भएको हो। 

खेलको ९० मिनेटसम्म गोलरहित बराबरी खेलेपनि थपिएको ६ मिनेटमध्ये ब्राजीलका लागि फिलीप काउन्टिनोले सुरुवाती गोल गर भने अन्तिम मिनेटमा नेयमारले दोस्रो गोल गरेका हुन्। 

समुह ‘ई’ को खेलमा ब्राजिलले दुवै गोल थप गरिएको समयमा गरेको हो । ब्राजिलको जितमा नेयमारले खेल सकिन केही सेकेन्ड बाँकी रहँदा गोल गरे । त्यस्तै, ब्राजिलका लागि फिलिपे कौन्टिन्होले खेलको ९१ मिनेटमा गोल गरे । ब्राजिलले सुरुवाती समयदेखि नै बल नियन्त्रणमा लिएको थियो ।

एकपछि अर्को प्रहार गरेको ब्राजिलले राम्रो अवसर पाएपनि थप गोल गर्न सकेन । कोस्टारिका गोलकिपर केयलोर नभासले उत्कृष्ट बचाउ गरेका थिए । पहिलो हाफको मध्य समयतिर नेयमारले वान भर्सेस वानमा गोल गर्ने अवसर पाएका थिए । तर, उनी चुके ।

ब्राजिलका फरवार्ड नेयमारले ४ पटक कोष्टारिकाको पोष्ट नजिकैबाट फ्रि किक प्रहार गरेका थिए । तर, उनको फ्रि किक सशक्त हुन सकेन । पहिलो हाफसम्म दुबै टिमले बराबरी खेल खेलेका थिए ।

खेलको ५० औं मिनेटमा ब्राजिलले गोल गर्ने सुन्दर मौका खेर फालेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।