काठमाडौं- नेपाल एयरलाइन्सले ए ३३०-२०० को वाइडबडी विमान बिहीबार काठमाडौं ल्याउने भएको छ। फ्रान्सको टुलुसमा बनेको एयरबसको विमान सीधा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने नेपाल वायु सेवा निगमले जनाएको छ।
विमान बिहीबार बिहान अाठ बजे विमानस्थलमा अवतरण गर्ने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए ।
अाठ घण्टा लामो उडान भरेर आउने विमानको विशेष स्वागत गर्ने निगमको तयारी छ । यससँगै निगमसँग अन्तर्राष्ट्रिय उडान भर्ने चार वटा विमान हुनेछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४