हैटी- मानौं, कि हामी आज खानामा माटोको रोटी खान्छौं, कस्तो महसुस हन्छ ?
गरीबी मानिसको सबैभन्दा ठूलो दुश्मन हो । कयौं देशमा मानिसहरु भोकमरी खप्न नसकेर अकालमै ज्यान गुमाउने गर्छन् ।
माटो जसलाई हामी धान वा अन्य खानेकुरा उब्जाउने स्रोतको रुपमा लिन्छौं तर क्याराबियन आइस्ल्याण्डमा हैटी भन्ने देशमा माटो र नुनको मिश्रणले रोटी खानकै निम्ति बनाइन्छ ।
भोकमरीले हैटीमा यस्तो विकराल रुप लिएको छ कि त्यँहाका मानिसहरु माटोको रोटी खान विवश छन् । हैटी क्यारिबयन आइस्ल्याण्डबाट बनेको देश हो । सामाजीक सञ्जालमा हैटीको भोकमारी र माटोको रोटी भिडियो दिनप्रतिदिन भाइरल हुँदैछ ।
यसरी तयार गरिन्छ माटोको रोटी
माटोमा नुन र पानी मिसाएर सो रोटी बनाउने पिठोलाई रोटीको आकार बनाएर घाममा सुकाइन्छ ।
हैटीमा ६०.७ प्रतिशत असाक्षरता रहेको छ । हैटीमा उब्जाउ र खेतीयोग्य जमीनको कमीको कारण त्यँहाका मानिसहरु भोकमरीको सिकार बनेका छन् । -
एजेन्सी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४