काठमाडौं- प्रधानमन्त्री केपी ओली चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासा पुगेका छन् ।
साताव्यापी चीन भ्रमणको चौथो दिन प्रधानमन्त्री ओली नेपालसँग सदियौं पुरानो सम्बन्ध रहेको तिब्बती शहरमा अवतरण गरेका हुन् । ५ असारमा बेइजिङ पुगेका ओलीले त्यहाँ चिनियाँ राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली खछ्याङलगायत उच्चस्तरीय भेटघाट गरेका थिए ।
प्रधानमन्त्री ओलीले ल्हासामा स्थानीय नेपाली समूदायलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा नेपालको समृद्धि र विकासमा चीन सघाउन तयार रहेको बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४