बुधबार, असार २४, २०८३

धमाधम खेलाडी भित्र्याउँदै सातदोबाटो युथ क्लब

गत सिजनको सहिद स्मारक बी डिभिजन लिगबाट उपाधि विजेता बन्दै ए डिभिजन लिगमा उक्लिएको सातदोबाटो युथ क्लबले आज मंगलबार दुई खेलाडी अनुबन्ध गरेको हो।
 |  मंगलबार, असार २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २९, २०७८

काठमाडौं– गत सिजनको सहिद स्मारक बी डिभिजन लिगबाट उपाधि विजेता बन्दै ए डिभिजन लिगमा उक्लिएको सातदोबाटो युथ क्लबले आज मंगलबार दुई खेलाडी अनुबन्ध गरेको हो।

उसले फेसबुकमा सूचना जारी गर्दै खेलाडी अनुबन्ध गरेको जानकारी दिएको हो। आज अनुबन्ध भएका खेलाडीमा मिडफिल्डर आकाश बुढा मगर र स्टराइकर निरज चौधरी छन्। बुढामगरले सशस्त्र प्रहरीको एपीएफबाट उमेर समूहका यू १५, यू १६, यू १८ र यू १९ का खेल खेलेका छन्। त्यस्तै यू १५, यू १६ र यू १८ बाट चौधरीले खेलेका थिए।

सादोबाटोले यसअघि पनि धेर खेलाडीलाई अनुबन्ध गरिसकेको छ। सातदोबाटोले स्यान्सू भुषालसहित पासाङ लामा, रन्जन पुन र करण रावतलाई पनि सातदोबाटो युथ क्लबले अनुबन्ध गरेको थियो।

सातदोबाटोले यअसघि नै विदेशी खेलाडीको रुपमा पिटर सेगुनलाई अनुबन्ध गरिसकेको छ। सेगुनले पछिल्लो सिजनको लिग विजेता मछिन्द्र क्लबबाट खेलेका थिए।

अब अखिल नेपाल फुटबल संघ एन्फाले आउँदो असोजबाट ए डिभिजन लिग संचालन गर्ने भएको छ। त्यसका लागि सातदोबाटोहित विभिन्न क्लबहरुले तयारी थालिसकेका छन्।

प्रकाशित: Jul 13, 2021| 07:40 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।