सोमबार, असार २९, २०८३

काठमाडौंमा खुल्याे कौशी थियटर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीको टेकुमा थप नयाँ नाटक घर खुलेको छ । महिला रङकर्मीहरूको सहभागितामा कथा घेराको कौशी थियटर खुलेको हो । 

असार ७ गते उद्घाटन गरिएको कौशी थियटर रंगमञ्चमा विशेष महत्व राख्ने रंगकर्मीहरू बताउछन् । कुनै समय महिला कलाकारको अभावमा पुरुष कलाकारलाई महिला आर्टिस्ट बनाएर मञ्चमा उतारिन्थ्यो । 

यस्तैमा महिला नाट्कर्मी लेखक तथा निर्देशक नभएका थप गुनासो सुुन्नमा पाइन्छ । यसै अभावलाई चिर्दै महिला महिला रंगकर्मीहरूकै नेतृत्वमा नया नाटकघर एउटा विशेष उपलब्धी रहेको देखिन्छ । 

आकंक्षा कार्की र गुन्जन दिक्षित जस्ता थियटर आर्टिस्टको पहलमा निर्माण गरिएको कौसी थियटरले अब निरन्तर नाटक प्रदर्शनमा ल्याउने छ । राजधानीमा सर्वनाम पनि आफ्नै जग्गामा बनेको दोस्रो नाटक घर हो । 

नेपाली समाजमा अझैपनि नाटकमा लाग्दा पारिवारिक तनाब झेल्नु पर्ने अवस्था छ । यस्तोमा महिलाहरूलाई अझ स्पेश कम छ । यस्तोमा अभिभावक अरुणा कार्की र सन्तोष कार्कीको जति प्रशंसा गरेपनि कम हुन्छ ।


८ गतेदेखि आंकक्षा कार्कीको निर्देशनमा नाटक ‘दयालु रूख’को कौसी नाटकघरमा नियमित मञ्चन हुदैछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।