सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसको १९ बुँदे हेटौंडा घोषणापत्र : पार्टीको नैतिक विजय

कांग्रेसको १९ बुँदे हेटौंडा घोषणापत्र : पार्टीको नैतिक विजय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
हेटौंडा- १९ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै कांग्रेस जिल्ला सभापतिहरूको भेला सकिएको छ । 

घोषणा पत्रमा सभापति भेलामा आएका सुझावको एउटा बुँदा मात्र समेटिएको छ, जसमा प्रादेशिक संरचनामा जाने गरी विधान संशोधन गर्ने उल्लेख छ । निर्वाचनको समीक्षा र आगामी कार्यदिशा निर्माण गर्ने गरी जिल्ला सभापतिहरूको भेला डाकिएको थियो । 

नेतृत्वले भने विधानको अक्षरशः पालना गर्ने बुँदाले निर्वाचनको समीक्षाको भावना समेट्ने दाबी गरेको छ । 

भेलाका लागि केन्द्रले जिल्ला सभापतिहरूलाई सात बुँदे प्रश्न सोधेको थियो । तर, ती प्रश्नको जवाफ के आयो भन्ने घोषणापत्रमा समेटिएको छैन । 

१९ बुँदे घोषणापत्रमा संघीय संरचनाबमोजिम संगठन विस्तार गर्न आवश्यक विधान संशोधनका लागि महासमिति बैठक बोलाउने उल्लेख छ । 

हरेक दुई वर्षमा जिल्ला सभापतिहरूको भेला आयोजना गर्ने बुँदा पनि उल्लेख छ । उक्त प्रावधान विधानमै उल्लेख गर्न माग गरिएको छ । घोषणापत्रमा त्यसका लागि अनुरोध गर्ने उल्लेख छ । विधान संशोधनका लागि आएका सुझावबारे पनि घोषणापत्र मौन छ । 

वर्तमान सरकारप्रति भने घोषणापत्रका बुँदा आक्रामक छन् । सुर्खेतस्थित पार्टी कार्यालयमा भएको जस्तो आक्रमण भएमा प्रतिरोध गर्ने उल्लेख छ । महँगी वृद्धि रोक्न नसकेकामा सरकारको आलोचना गरिएको छ । 

संविधान संशोधनको मुद्दामा तत्कालीन एमालेको पराजय र कांग्रेसको नैतिक विजय भएको निष्कर्ष घोषणापत्रमा उल्लेख छ । मधेशकेन्द्रित दलहरूको माग सम्बोधन गर्न संविधान संशोधन गर्ने कुरालाई तत्कालीन एमालेले राष्ट्रघात भनेको थियो । 

सरकार अधिनायकवादतर्फ उन्मुख भएको निष्कर्ष पनि घोषणापत्रमा समेटिएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।