मंगलबार, माघ ६, २०८२

फेडेरर र नाडालको रेकर्डसँग जोकोविचको बराबरी

नोभाक जोकोविचले आइतबार राति लन्डनमा सम्पन्न विम्बल्डनको उपाधि जितेका छन्।
 |  सोमबार, असार २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २८, २०७८

काठमाडौं- नोभाक जोकोविचले आइतबार राति लन्डनमा सम्पन्न विम्बल्डनको उपाधि जितेका छन्। एकल पुरुषतर्फको फाइनल खेलमा इटालीका माथ्थिउ बेरेट्टिनीलाई हराउँदै जोकोविचले उपाधि जितेका हुन्।

National life

यससँगै जाकोविचले भेट्रान खेलाडी रोजर फेडेरर र राफेल नाडालले बनाएको समान २० उपाधिको रेकर्डसँग बराबरी गरेका छन्। ३४ वर्ष जोकोबिचले २०औं उपाधिका लागि ३–१ को सेटमा जित निकालेका थिए।

पहिलो सेट ६–७, ४–७ ले गुमाए पनि उनले त्यसपछिका सेटमा लगातार जित निकालेका थिए। पहिलो सेटमा हारेपछि उनले लगातार ६–४, ६–४ र ६–३ को जित निकाले।

उनले २० उपाधि जितेसँगै टेनिस लेजेन्ड जान क्याइन्रोयले उनले २५ उपाधि जित्नुपर्ने बताएका छन्। अहिले उनले पुरुषको रेकर्डसँग बराबरी गरे पनि समग्रमा चौथो स्थानमा छन्।

विश्वमा सबैभन्दा धेरै ग्राण्डस्लम जित्ने मार्गरेट कोर्ट (२३) हुन् भने दोस्रो धेरै जित्ने सेरेना विलियम्स(२३) र स्टेफ ग्रेफ (२२) तेस्रो स्थानमा छन्। यी तिनै खेलाडीले महिलातर्फका उपाधि जितका हुन्।

Laxmi sunrise bank
kumari

‘उनले पहिलेको भन्दा राम्रो खेलिरहेका छन्,’ उनले भने, ‘मलाई लाग्छ उनले सायद कम्तीमा पनि अब चार वा पाँच उपाधि जित्नेछन्।’

जोकोविचले यो वर्षका तीन उपाधि जितेका छन्। अब ओलम्पिक र यूएस ओपन पनि आउँदैछन्, जुन उनले जित्न सक्नेछन्। तर, उनले टोक्यो ओलम्पिक खेल्ने वा नखेल्नेबारे अझै धारणा नबनाइसकेको बताएका छन्।

प्रकाशित: Jul 12, 2021| 06:21 सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।