बुधबार, असार २४, २०८३

युरोकपको उपाधि इटालीलाई 

घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले युरोकप २०२० को उपाधि जितेको छ।
 |  आइतबार, असार २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २७, २०७८

काठमाडौं–  घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले युरोकप २०२० को उपाधि जितेको छ। लन्डनको वेम्बली मैदानमा निर्धारित ९० मिनेटमा खेल १–१ को बराबरी सकिएकाे थियाे। थप ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा इंग्ल्यान्डले लगातार ३ प्रहारमा गोल गर्न नसक्दा इटाली ३–२ ले विजयी भएको हो।

खेलको दोस्रो मिनेटमै गोल गर्दै इंग्ल्यान्डले १–० को अग्रता लिएको थियो। दोस्रो हाफमा थप आक्रामक देखिएको इटालीले ६७औं मिनेटमा गोल फर्काएपछि खेल पुनः प्रतिस्पर्धात्मक देखिएको थियो। निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा थप गोल हुन नसक्दा खेल टाइब्रेकरमा लम्बिएको थियो।
 

प्रकाशित: Jul 11, 2021| 22:01 आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।