शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • जब दिलिप कुमारकी पत्नी सायराले भनिन्, ‘हेर न धरम, साहेबले आँखा झिम्काउनुभयो...’

जब दिलिप कुमारकी पत्नी सायराले भनिन्, ‘हेर न धरम, साहेबले आँखा झिम्काउनुभयो...’

‘ट्रयाजेडी किङ’का रुपमा परिचित दिलिप कुमारको निधनपछि यतिबेला बलिउड शोकमा डुबेको छ। ९८ वर्षको उमेरमा बुधबार मुम्बईको हिन्दुजा अस्पतालमा उनले अन्तिम श्वास लिएका थिए। 
 |  बिहीबार, असार २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार २४, २०७८

‘ट्रयाजेडी किङ’का रुपमा परिचित दिलिप कुमारको निधनपछि यतिबेला बलिउड शोकमा डुबेको छ। ९८ वर्षको उमेरमा बुधबार मुम्बईको हिन्दुजा अस्पतालमा उनले अन्तिम श्वास लिएका थिए। 

National life

बुधबार साँझ राजकीय सम्मानसहित उनको अन्तिम संस्कार गरियो। उनलाई श्रद्धाञ्जली दिन बलिउडका कयौं हस्ती पुगेका थिए। त्यसमध्ये एक धर्मेन्द्र पनि थिए, जो दिलिपको निधनको खबर सुनेर स्तब्ध थिए। उनी दिलिपको घर नै पुगे। अनि, दिलिपकी पत्नी सायरा बानोलाई भेटे। 

सायरासँगको भेटपछि उनले केही कुरा आफ्नो सामाजिक सञ्जालमार्फत् सेयर गरेका छन्। दिलिपको पार्थिव शरीर नजिकै बसेर रोइरहेको तस्बिर सेयर गर्दै उनले लेखेका छन्, ‘सायराले जब ‘धरम, हेर न साहेबले आँखा झिम्काउनुभयो’ भनिन्, ‘मेरो त ज्यान नै गयो, भगवान मेरो प्यारो दाजुको स्वर्गमा बास होस्, मलाई देखाउन आउँदैन तर म आफूलाई सम्हाल्न पनि सक्दिनँ। आफ्नै सम्झेर भनिहाल्छु ।’
यसअघि धमेन्द्रले सामाजिक सञ्जालमा दिलिपप्रति श्रद्धाञ्जली दिँदै लेखेका थिए, ‘इन्डष्ट्रीको सबैभन्दा प्रिय दाजु गुमाउनु एकदमै दुखद खबर, स्वर्गमा बास होस्, हाम्रो दिलिप साहेबको...।’ 

यूसुफ खानबाट दिलिप कुमार

Laxmi sunrise bank
kumari

दिलिपको ज११ डिसेम्बर, १९२२ मा ब्रिटिश इन्डियाको पेशावर (अहिले पाकिस्तान)मा भएको थियो। दिलिपका पिता लाला गुलाम सरवर खान र माता आयशा बेगमले आफ्नो छोराको नाम यूसुफ खान राखेका थिए। सन् १९४४ मा फिल्म ‘ज्वार भाटा’ रिलिज भएको थियो। यही फिल्मको दौरान भारतीय सिनेमाकी पहिलो स्टार अभिनेत्री देविका रानाले यूसुफ खानलाई दिलिप कुमारको नामले बोलाएकी थिइन्।  

करिब ६० फिल्ममा काम

पद्मभूषणदेखि दादा साहेब फाल्केसम्मका पुरस्कार प्राप्त गरेका दिलिपले आफ्नो फिल्म करिअरमा करिब ६० फिल्ममा काम गरे। अभिनयका कारण आफ्नो इमेज खराब नहोस् भन्ने उनी सधैँ सचेत देखिन्थे। उनको अभिनयलाई लिएर भारत सरकारले सन् १९९१ मा उनलाई पद्मभूषण सम्मानबाट विभुषित गरेको थियो। त्यस्तै, सन् १९९५ मा फिल्मको सर्वोच्च राष्ट्रिय सम्मान दादा साहब फाल्के अवार्ड पनि प्रदान गरिएको थियो। यतिमात्रै होइन, पाकिस्तान सरकारले पनि उनलाई सन् १९९७ मा ‘निशान–ए–इम्तियाज’बाट सम्मानित गरेको थियो, जुन पाकिस्तानको सर्वोच्च नागरिक सम्मान हो।

दैनिक भास्करबाट

प्रकाशित: Jul 08, 2021| 11:25 बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्