सोमबार, असार २९, २०८३

प्रधानमन्त्री ओलीले चीनबाट ल्याउलान् त रेल र तेल ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रधानमन्त्रीका हैसियतमा केपी ओलीको यो दोस्रो चीन भ्रमण हो । यसअघि ७–१४ चैत ०७२ मा पहिलो पटक प्रधानमन्त्री छँदा ओलीले गरेको चीन भ्रमण र त्यसक्रममा भएका सम्झौताहरू नेपालको परराष्ट्र सम्बन्धमा ‘प्याराडाइम सिफ्ट’ नै मानिएका थिए । 

अहिलेको भ्रमणमा प्रधानमन्त्री ओलीले रेल नै बोकेर ल्याउलान् भन्ने आशा शायदै कसैले गरेको छ । धेरैको आशा पुराना सम्झौताको कार्यान्वयनमा देखिन्छ, जुन ओलीपछि बनेका प्रधानमन्त्रीहरूले विस्मृतिमा धकेलिदिए । 

त्यतिबेला नेपाल र चीनबीच १५ बुँदे सम्झौता भएको थियो । त्यसमध्येको एक महत्वपूर्ण बुँदा थियो, चीनबाट पनि समुद्रसम्मको पारवहन सुविधा । र, अर्को थियो, ‘वान बेल्ट वान रोड’ परियोजनाको ढाँचाभित्र रहेर नेपालमा प्रमुख विकास आयोजनाहरू अगाडि बढाउने । 

पारवहन र यातायात सम्झौताको प्रोटोकलका विषयमा संवाद अगाडि बढाउने उल्लेख थियो । काठमाडौं उपत्यकाको चक्रपथ, सीमापार र नेपालभित्र रेलमार्ग निर्माणका लागि पनि छलफल भएको थियो । सीमापार आर्थिक क्षेत्रहरू र नयाँ बन्दरगाह स्थापना गर्ने सहमति पनि भएको थियो ।
 

धेरैको आशा पुराना सम्झौताको कार्यान्वयनमा देखिन्छ, जुन ओलीपछि बनेका प्रधानमन्त्रीहरूले विस्मृतिमा धकेलिदिएका थिए ।


अरनिको राजमार्ग सुधार र खुलाउन तथा स्याफ्रुबेंसी–रसुवागढी मार्गको मर्मत र सुधार तीव्र पार्ने सहमति थियो । नेपालको आर्थिक÷सामाजिक विकासमा चीनले निरन्तर सघाउने प्रतिबद्धता जनाएको थियो ।

चीनले भूकम्पपछिको पुनर्निर्माणका लागि उपलब्ध गराएको तीन अर्ब युआनअन्तर्गत् सीमा जोडिएका जिल्लाका बासिन्दाको जीवनस्तर सुधार, पूर्वाधार निर्माण, भत्किएका ऐतिहासिक सांस्कृतिक सम्पदा पुनर्निर्माणलगायत २५ वटा परियोजना अगाडि बढाउने सहमति भएको थियो । नेपाल–चीन स्वतन्त्र व्यापार सम्झौताबारे सम्भाव्यता अध्ययन गरी चाँडै टुंग्याउन दुवै सरकार तयार भएका थिए । 

यस्तै, व्यावसायिक इन्धन निर्यातसम्बन्धि सम्झौता चाँडै गर्ने सहमति थियो । नेपालमा इन्धन भण्डारण केन्द्र निर्माणमा पनि चीनले सघाउने सहमति भएको थियो । दीर्घकालीन ऊर्जा क्षेत्रमा सहकार्य गर्न संवाद संयन्त्र बनाउने सहमति पनि थियो ।

पोखरामा क्षेत्रीय विमानस्थल निर्माण, किमाथांका–खाँदबारी–धनकुटा सडकको विस्तृत परियोजना प्रतिवेदन, रसुवागढी–काठमाडौं र काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग परियोजनाका लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउन चीनलाई आग्रह गरिएको थियो । 

चार सय ३४ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजना तथा चार सय केभी सीमापार र एक सय ३२ केभी डबल सर्किट ट्रान्समिसन लाइन निर्माणका लागि चीनलाई आग्रह गरिएको थियो । 
तत्कालीन ओली सरकारसँगबाट चीनले जति उपलब्धि हासिल भएको ठानेको थियो, त्यसयता बनेका दुई वटा सरकारले पूरै बेवास्ता गरेका थिए । कतिसम्म भने तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वका सरकारबाट चिनियाँ पक्षले अपमान बोध गरेका थिए ।

चीनबाट ३० प्रतिशत इन्धन ल्याउने विषय आफैंमा रणनीतिक महत्वको थियो । त्यसो हुन सक्दा नेपालको व्यापार पनि विविधिकरण हुने थियो । नेपाल आयल निगमको बोर्डले त्यसलाई अगाडि बढाउनुको साटो भारतीय आयल निगमसँग पेट्रोलयम पाइपलाइन निर्माणलाई प्राथमिकता दिइयो । 

प्रधानमन्त्री ओलीको यस भ्रमणमा एक खर्ब सात करोड रुपैयाँबराबरको चिनियाँ लगानी भित्रिने र केरुङ–काठमाडौं रेलमार्ग निर्माणको सम्झौता हुने अपेक्षा जनस्तरमा देखिन्छ । 
तस्बिर रासस
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।