शुक्रबार, कात्तिक २८, २०८२

ब्रिटनी स्पेयर्सलाई रिया चक्रवर्तीको समर्थन

उनको पोस्टमा लेखिएको छ- 'फ्री ब्रिट्नी'। फ्री ब्रट्नी गायिका ब्रिटनीका फ्यानले सुरु गरेको अभियान हो। सन् २०१९ मा ब्रिटनले अब पुनः आफु स्टेज नआउने बताएपछि यो अभियान सुरु भएको हो। 
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

मुम्बई- पप गायिका ब्रिटनी स्पेयर्सको पक्षपोषण गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेपछि बलिवुड अभिनेत्री रिया चक्रवर्ती पुनः चर्चामा आएकी छन्। सुशान्त सिंह राजपुतको मृत्युको विवादमा तानिएकी चक्रवर्ती गायिका स्पेर्यसको पक्षमा पोस्ट गरेपछि पुनः चर्चामा आएकी हुन्। 

National life

उनको पोस्टमा लेखिएको छ- 'फ्री ब्रिट्नी'। फ्री ब्रट्नी गायिका ब्रिटनीका फ्यानले सुरु गरेको अभियान हो। सन् २०१९ मा ब्रिटनले अब पुनः आफु स्टेज नआउने बताएपछि यो अभियान सुरु भएको हो। 

बुधवार मात्रै ब्रिटनीले लस एन्जसल अदातलमा सुनुवाइका क्रममा आफ्नो अपमानजनक संरक्षकत्वबारे रहस्य खोलेकी छन्। यही कारण उनले स्टेटमा नआउने बताएकी थिइन्। गायिका ब्रिटनीले १३ वर्षसम्म आफ्नो जीवनलाई नियन्त्रणमा राखिएकाले संरक्षकत्व अन्त्य गर्न आग्रह गरेकी थिइन्। 

२००८ मा ब्रिटनीको मानसिक स्वास्थ्य समस्या आएपछि अदालतले उनको बुबाको संरक्षणत्वमा राख्न भनेको थियो। तर 
ब्रिटनीले आफ्ना पिता परिवारका सदस्यलाई जेलमा राख्नुपर्ने माग समेत गरेकी छन्। 

'पछिल्लो १३ वर्षमा मलाई जबरदस्ती ड्रग्स दिइयो। मेरो ईच्छाविरुद्धको काम गर्न मलाई बाध्य पारियो। यति मात्र होइन, मलाई जन्मान्तर गर्ने उपकरण मेरो शरीरबाट हटाउन पनि दिइएन। यस्तो प्रकारको गार्जियनसिपलाई मलाई चाहिएन। म चकित र तनावमा छु। म आफ्नो जिन्दगी फिर्ता लिन चाहन्छु। काम गर्न सक्छु भने मलाई कसैको संरक्षणत्व चाहिँदैन।'

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 25, 2021| 13:47 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्