सोमबार, चैत ९, २०८२

मध्यपश्चिम विविमा निर्देशक यादवले परीक्षा नै नलिई विद्यार्थी पास गराएको ठहर

परीक्षामा भएको अनियमितताका सम्बन्धमा छानबिन गर्न गठित समितिले तयार पारेको प्रतिवेदनमा इन्जिनियरिङ कार्यक्रमका निर्देशक यादव दोषी देखिएका हुन्। 
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

काठमाडौं– मध्यपश्चिम विश्वविद्यालयमा इन्जिनियरिङतर्फको स्नातकोत्तरको परीक्षामा भएको अनियमिततामा निर्देशक विश्वनाथ यादव दोषी देखिएका छन्। परीक्षामा भएको अनियमितताका सम्बन्धमा छानबिन गर्न गठित समितिले तयार पारेको प्रतिवेदनमा इन्जिनियरिङ कार्यक्रमका निर्देशक यादव दोषी देखिएका हुन्। 

National life

समितिले उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलाई प्रतिवेदन पेस गरेको छ। कार्यक्रम निर्देशक यादवले विद्यार्थीको आन्तरिक मूल्यांकनको नम्बर विषय शिक्षकले पठाएको नभई मनलाग्दी रुपमा पठाएको विषय छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको उपकुलपति सिहंले जानकारी दिए।

‘शैक्षिक अपराध भएको देखिएको छ। दोषीउपुर कडाभन्दा कडा कारबाही हुन्छ। कानुनी हिसाबले २४ घण्टाभित्र स्पष्टीकणका लागि बोलाइएको थियो तर यादवले दिएको जबाफ सन्तोषजनक छैन।'

प्रतिवेदनअनुसार यादवले शैक्षिक अपराध गरेको देखिएकाले सोहीअनुसार कारबाही प्रक्रिया अघि बढाइने सिंहले बताए। उनले भने,‘शैक्षिक अपराध भएको देखिएको छ। दोषीउपुर कडाभन्दा कडा कारबाही हुन्छ। कानुनी हिसाबले २४ घण्टाभित्र स्पष्टीकरणका दिन भनिएकाे थियो तर यादवले दिएको जबाफ सन्तोषजनक छैन। यसमा लापरबाही मात्र होइन यसो गर्नुमा ठूलो डिजाइन छ। त्यसो भएकाले कानुनी प्रक्रियाअनुसार अघि बढ्छौं।’ 

मध्यपश्चिम विश्वविद्यालयको परीक्षामा 'मनपरी गर्ने' निर्देशक यादव छानबिनको 'लेन्स'मा 

उपकुलपति सिंह हतारमा निर्णय गर्नेभन्दा पनि अबका दिनमा यस्तो काम कसैले पनि गर्न आँट गर्न नसक्ने गरी दण्डित गर्नुपर्ने पक्षमा छन्। ‘गल्ती भएको स्वीकार गर्दा एकपटकलाई माफी दिन सकिन्थ्यो तर यो त अपराध हो। अपराध गर्नेलाई माफी दिन सकिने कुरा भएन शैक्षिक अपराध गर्नेलाई त्यसै छाड्न मिल्दैन’, उनले भने।

Laxmi sunrise bank
kumari

प्रा.डा. दीपबहादुर रावलको नेतृत्वमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदनमा निर्देशक यादव दोषी देखिएका हुन्। कार्यक्रम निर्देशक यादवले छानबिन समितिलाई दिएको स्पष्टीकरणमा नै उनले आफ्नो गल्ती स्वीकारेका छन्।

मध्यपश्चिम विश्वविद्यालय जहाँ परीक्षा नै नलिई नम्बर दिएर विद्यार्थी पास गराइयो

 

प्रकाशित: Jun 25, 2021| 11:01 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्