सोमबार, वैशाख २४, २०८१

ऋतिक रोशनले गरे 'कृष ४' को घोषणा

ऋतिक रोशन अभिनित ‘कृष’ बलिउडको चर्चित सुपरहिरो फिल्म हो।
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

काठमाडौं– ऋतिक रोशन अभिनित ‘कृष’ बलिउडको चर्चित सुपरहिरो फिल्म हो। अब यसको चौथो सिक्वेल पनि निर्माण हुने भएको छ। ऋतिक स्वयंले सामाजिक संजालमार्फत यसको आधिकारिक घोषणा गरेका हुन्। 

triton college

उनले ‘कृष’ निर्माण भएको १५ वर्ष पुगेको अवसरमा चौथो सिक्वेल निर्माणको संकेत दिँदै लेखेका छन्, ‘विगत बितिसक्यो। अब हेर्नुछ, भविष्ले के लिएर आउँछ। ‘कृष ४’ 

करिब दुई वर्षअगाडि ‘कृष–४’ छिट्टै फ्लोरमा जाने र सन् २०२० को क्रिसमसमा रिलिज हुने चर्चा चलेको थियो। तर, पछि यसका निर्माता–निर्देशक राकेश रोशनले तत्काललाई फिल्म स्थगित भएको जानकारी गराएका थिए। त्यतिबेला उनले फिल्मको लेखन कार्य चलिरहेकाले केही समय ढिला हुने बताएका थिए। 

‘कृष’ फ्रेन्चाइजको सुरुवात सन् २००३ मा ‘कोइ मिल गया’ फिल्मबाट भएको थियो। यसपछि यसका अन्य दुई श्रृंखला ‘कृष’ सन् २००६ र ‘कृष ३’ सन् २०१३ मा रिलिज भएको थियो।

प्रकाशित: Jun 25, 2021| 08:04 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्