शुक्रबार, कात्तिक २८, २०८२

किन ‘गुत्थी’को भूमिकामा देख्न चाहँदैनन् सुनिल ग्रोवरका छोरा?

टीभी कमेडी शोमा कहिले गुत्थी र कहिले डा. मसहुर गुलाटी बनेर हँसाउने भारतीय कलाकार हुन् सुनिल ग्रोवर। 
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

काठमाडौं- टीभी कमेडी शोमा कहिले गुत्थी र कहिले डा. मसहुर गुलाटी बनेर हँसाउने भारतीय कलाकार हुन् सुनिल ग्रोवर। 

National life

दर्शक हँसाएर चर्चा कमाएका उनलाई गुत्थीको भूमिकामा भने उनका छोराले रुचाएनन्।  सुनिलले एक टेलिभिजनसँगको अन्तर्वार्तामा भनेका छन्, ‘मेरो छोरा मोहनले स्क्रिनमा गुत्थीको भूमिका नगर्नु भनेको छ।’

मोहनका अनुसार टीभीमा सुनिललाई महिलाको रुपमा देख्दा उसका साथीहरूले मजाक उडाउँछन्। सुनिलले मोहनलाई सम्झाएका थिए कि गुत्थीलाई सबैले माया गर्छन् र, उनको यो काम पनि हो। सुनिलका अनुसार मोहनलाई अर्को भूमिका डा. मसहुर गुलाटी भने एकदमै मन पर्छ। 

समाचारअनुसार द कपिल शर्मा शोमा फेरि उनी फर्किन थालेका छन्। तर, केही मिडिया रिपोर्टका अनुसार सुनिले फेरि कपिलसँग काम नगर्ने बताएका छन्। यद्यपि उनले भनेका छन्, ‘कुनै प्रोजेक्ट भएछ भने हेरौं।’

Laxmi sunrise bank
kumari

सुनिल अहिले वेबसिरिजमा छाएका छन्। उनलाई वेबसिरिज ‘ताण्डव’मा पनि देखिएको थियो। अहिले उनको क्राइम कमेडी वेबसिरिज ‘सनफ्लावर’ रिलिज भएको छ। 

यस सिरिजमा सुनिलको अभियानलाई लिएर खुबै प्रशंसा भइरहेको छ। यो शोमा सुनिलसँगै रणवीर शौरी, मुकुलु चड्ढा, आशीष विद्यार्थीलगायत छन्। - जागरण

प्रकाशित: Jun 25, 2021| 02:35 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्