सोमबार, असार २९, २०८३

‘ल्हाल्हिमो’को प्रदर्शनसँगै सेलो नाटकको समापन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- लामाहरू बाजा र गीतसँगै नाच्दै थिए । लामाले ‘छ्याङछ्योत’ गरेपछि बाजाको तालमा लामाले नै युवायुवतीको समूहलाई नेतृत्व प्रदान गर्थ्यो । युवायुवतीहरु जोडी बाँधेर नाच्दै थिए ।

शिल्पीमा चलिरहेको सेलो नाटक महोत्सवको अन्तिम दिन लोक नाटक ‘ल्हालिमो’ देखाएर कार्यक्रम सकिएको छ । रोशन फ्युबा ल्हाप्साङ कर्पो म्युजिक समूहले देखाएको थियो । यो प्रदर्शनकारी लोक नाटक हो । 

ल्हाप्साङकार्पो क्षेत्रको तामाङ समुदायमा परापूर्व कालदेखि नै विभिन्न पर्वहरूमा प्रदर्शन गर्दै आइरहेको यो नाटक अहिले पनि माघ र फागुन महिनामा मनाइने ‘छेची’ पर्वमा प्रदर्शन गरिन्छ । 

ल्याल्हिमो नाटक युवायुवतीहरूमा लक्षित छ । यसमा युवाहरूको सक्रिय भूमिका रहन्छ । केटा पक्ष र केटी पक्ष बिच गीतमार्फत नै कुराकानी गरिसकेपछि दुबै पक्ष बीच आ-आफ्नो जोडीमा चिनो फिनी र फोस्र्यो एक आपसमा साट्दछन् ।

शुक्रबारदेखि चलेको नाटक महोत्सवमा पाँच नाटक देखाइएको थियो । नाटक महोत्सवभरि भाषाविद्ध अमृत योञ्जनको लेखन र निशा पाख्रिनको निर्देशन रहेको नाटक ‘स्यालगार’, फूलमान वलको लेखन तथा सोनाम तामाङको निर्देशन रहेको ‘सोनाम ग्याल्मो, वसन्त चौधरीको लेखन र शान्ति वाइवाको निर्देशन रहेको कविता नाटक ‘डाला फ्रेङबा धोङला टा’ ल्याप्साङ कर्पो म्युजिकको तर्फबाट रोशन फ्युवाले संयोजन गरेको लोक नाटक ‘लालिमो’ सत्यदेवी काठमाडौं सम्पर्क समाजकोतर्फबाट मरनेन वाइबाले संयोजन गरेको लोकनाटक ताचेमा (घोडचडी) थिए ।

महोत्सवमा तामाङ् र नेपाली दुवै भाषामा नाटक मञ्चन गरिएको थियो । महोत्सवमा तामाङ भाषामा लेखिएका तथा तामाङ मिथमा आधारित कथाकृतिका पुस्तकहरुको स्टल राखिएको थियो । 

तामाङ भेषभुषा प्रदर्शनीका साथै तामाङ जातिको मौलिक खानाका परिकारहरू महोत्सवमा राखिएको थियो । काठमाडौं महानगरपालिका र नेपाल पर्यटन बोर्टको सहकार्य रहेको सेलो नाट्य महोत्सव—२०७५ लार्ई नेपाल संगीत संगीत नाट्य प्रज्ञा प्रतिष्ठान र सेलो फाउण्डेसनले संयुक्त आयोजना गरेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।