आइतबार, साउन १७, २०८३

प्राध्यापकले घुसपैठ गराएपछि त्रिविमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

सबै खोप सकिएपछि बुधबार खोप कार्यक्रम स्थगित गर्नुपरेको र अर्को साता मात्र खोप लगाइने त्रिविले जानकारी दिएको छ। खोप लगाउनेको संख्या उच्च देखिएको र शिक्षक कर्मचारीका परिवारका सदस्यले पनि खोप लगाएको पाइएपछि खोप कार्यक्रम स्थगित गर्नुपरेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ। 
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका काठमाडौं उपत्यकाभित्रका आगिंक क्याम्पसका शिक्षक र कर्मचारीलाई लगाइँदै आएको कोभिड-१९ विरुद्धको खोप कार्यक्रम स्थगित भएको छ। मंगलबार र बुधबार सबै शिक्षक कर्मचारीलाई खोप लगाइने तयारी गरेको भएपनि खोप नपुगेपछि कार्यक्रम स्थिगित गरिएको हो। 

सबै खोप सकिएपछि बुधबार खोप कार्यक्रम स्थगित गर्नुपरेको र अर्को साता मात्र खोप लगाइने त्रिविले जानकारी दिएको छ। खोप लगाउनेको संख्या उच्च देखिएको र शिक्षक कर्मचारीका परिवारका सदस्यले पनि खोप लगाएको पाइएपछि खोप कार्यक्रम स्थगित गर्नुपरेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ। 

शिक्षक/प्राध्यापकले परिवारका सदस्यलाई पनि खोप लगाउनका लागि घुसपैठ गरेकाले खोप अपुग भएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। ‘दुई दिन लगाउने भनिएको खोप मंगलबार नै सकिएको छ। स्वास्थ्य कार्यालय टेकुले एक हप्ताभित्रै एक हजार डोज खोप उपलब्ध गराउने भनेको छ। त्यसपछि शिक्षक/कर्मचारीको नाम दर्ता गराएर मात्र खोप लगाउन सुरु गर्छौं,’ उनले भने। उनका अनुसार अब बुधबार मात्र खोप लगाइने छ। 

विना जानकारी खोप कार्यक्रम स्थगित गरिएको भन्दै त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खु परिसरमा बुधबार लाइन लागेका शिक्षक कर्मचारीहरुले विरोध गरेका थिए। 

त्रिविले उपत्यका बाहिरका आगिंक क्याम्पसमा पनि परीक्षा अगावै कोरोना खोप लगाउने तयारी गरेको नियन्त्रक जोशीले जानकारी दिए।

प्रकाशित: Jun 23, 2021| 14:28 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्