आइतबार, जेठ ३, २०८३

त्रिविको स्नातक तह प्रथम वर्षको परीक्षा साउन १० देखि हुने

त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परीक्षा विद्यार्थीले रोजेको परीक्षा केन्द्रमा साउन १० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ।
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परीक्षा विद्यार्थीले रोजेको परीक्षा केन्द्रमा साउन १० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ।

National life

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले स्नातक तह प्रथम वर्षको परीक्षा साउन १० गतेदेखि सञ्चालन गर्ने र यसअघि सञ्चालनकै क्रममा स्थगित भएको स्नातक तह दोस्रो वर्षको परीक्षा भने साउन ५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो। 

त्रिविमा अध्ययनरत स्नातक तह प्रथम वर्षका २ लाख ५० हजारभन्दा बढी विद्यार्थीको परीक्षा आवेदन फारम क्याम्पसले पनिकालाई बुझाएको र फारम रुजु गरेसंगै परीक्षा तालिका प्रकाशन गर्ने त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।

उनले विद्यार्थीलाई परीक्षा केन्द्र भने पायक पर्ने स्थानमा छनोट गर्न दिइएको बताए। उनले भने, ‘स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भौतिक रुपमा सञ्चालन हुने परीक्षामा विद्यार्थीले आफूलाई पायक पर्ने स्थानमा गएर परीक्षा दिन पाउछन्।’

कोरोना महामारीका कारण स्थगित स्नातक तह प्रथम वर्षमा एउटै तहमा विद्यार्थीले २० महिना अध्ययन गरिसकेका छन्। यसका साथै त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थानले पनि यसअघि रोकिएको स्नताक तह प्रथम वर्षको परीक्षा साउन १९ गतेबाट सञ्चालन गर्ने जनाएको छ।

त्रिविले स्नातकोत्तर तह दोस्रो वर्षका विद्यार्थीका लागि पनि अनलाइनबाट परीक्षा फाराम भर्ने व्यवस्था मिलाएको जनाएको छ। स्नात्तकोत्तर दोस्रो वर्षको परीक्षा लगतै एलएलबी प्रथम वर्षको परीक्षा पनि सञ्चालन गरिने पनिकाले जनाएको हो।

प्रकाशित: Jun 23, 2021| 13:20 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्