सोमबार, चैत ९, २०८२

किन हुन्छ श्रीमान-श्रीमतीबीच झगडा?

बिहे भन्दा पहिला प्रत्यक मानिसमा आफ्नै खाले सपना हुन्छ। बिहेपछि आफ्नो पार्टनरसँग हासिखुशी जीवन बिताउने?, एक अर्काको भावना कसरी बुझ्ने?, एक अर्काको भावनाको सम्मान कसरी गर्ने? जस्ता थुप्रै कुरा मनमा खेल्न सक्छन्।
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

बिहे भन्दा पहिला प्रत्यक मानिसमा आफ्नै खाले सपना हुन्छ। बिहेपछि आफ्नो पार्टनरसँग हासिखुशी जीवन बिताउने?, एक अर्काको भावना कसरी बुझ्ने?, एक अर्काको भावनाको सम्मान कसरी गर्ने? जस्ता थुप्रै कुरा मनमा खेल्न सक्छन्।

National life

श्रीमान-श्रीमतीको सम्बन्ध जति प्रेमिल हुन्छ त्यत्तिनै दुबैबीच झगडा पनि हुन्छ। कहिलेकाहिँ प्रेमसँगै सामान्य विवादित हुनु स्वभाविकै है। तर, कतिपय अवस्थामा झगडाले उग्र रुप लियो भने सम्बन्धमै असर गर्न सक्छ। त्यस्तो अवस्थामा कुन कारणले सम्बन्धमा दरार आइरहेको छ भन्ने कुरा बुझेर सम्बन्ध सुधारमा लाग्नुपर्छ।

श्रीमान-श्रीमतीको बीचमा प्राय खानपानको विषयलाई लिएर बढी झगडा हुनेगर्छ। खानामा श्रीमतीले नुन बढी राख्दा वा तरकारी नबनाएकै निहुँमा पनि कहिलेकाहिँ मानिस झर्किरहेका हुन्छन्।

गुनासो गर्नु ठिकै हो। तर, कहिलेकाहिँ यसै विषयमा मानिसले आवेगमा आएर ठूलो झगडा गर्यो भने यसको असर सम्बन्धमा पर्ने जोखिम हुन्छ। त्यसैले कुनै कुरा मन नपरे राम्रोसँग पनि भन्न सकिन्छ। सम्बन्धलाई सुमधुर बनाउन बिदाको दिन मिलेर मिठो खाना पनि पकाउन सकिन्छ।

कहिलेकाहिँ श्रीमान-श्रीमतीको बीचमा हुने झगडामा आफन्तहरूको पनि हात हुने गर्छ। नराम्रो चाहने नातेदारहरूले विभिन्न कुरा भनेर उक्साउन सक्छन्। त्यसैले सबै मानिसका सबै कुरामा विश्वास गरेर आफ्नो पार्टनरमाथि शंका गर्नु हुँदैन। पार्टनरमाथि विश्वास गर्नुपर्छ। यी कुराको ख्याल नगर्दा सम्बन्धमा दरार आउँछ।

Laxmi sunrise bank
kumari

बिवाह बन्धनमा बाँधिसकेपछि श्रीमान-श्रीमती एक रथका दुई पांग्रा जस्तै हुन्। त्यसैले सम्बन्धलाई सुमधुर बनाउन एक अर्काका कुरा सुन्नुपर्छ। एक अर्काको भावनाको कदर गर्नुपर्छ। कहिलेकाहिँ तितामिठा कुरा गर्नुपर्छ। यसले सम्बन्धलाई एकदमै बलियो बनाउँछ।

प्रकाशित: Jun 22, 2021| 04:52 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्