सोमबार, चैत ९, २०८२

चिकित्सा शिक्षामा स्नातक तह प्रवेश परीक्षार्थीको विवरण माग, असार ९ र १० गते विवरण भर्न आग्रह

परीक्षार्थीको विवरणका आधारमा एकीकृत प्रवेश परीक्षाको परीक्षा काठमाडौं उपत्यकाबाहिर गर्ने आवश्यकता निर्धारण गर्नका लागि विवरण माग गरिएको आयोगले जानकारी दिएको छ। विवरण प्राप्त भएपछि आवश्यकता र विद्यार्थी तथा आयोगलाई अधिकतमा सहज हुने गरी परीक्षा केन्द्र निर्धारण गरिने आयोगको भनाइ छ। 
 |  सोमबार, असार ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार ७, २०७८

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन आवेदन दिएका विद्यार्थीहरूलाई पायक पर्ने केन्द्रको विवरण माग गरेको छ। आयोगले सोमबार सूचना जारी गर्दै  प्रवेश परीक्षामा सहभागी हुनका लागि आवेदन दिएका विद्यार्थीलाई असार ९ गते  बिहान १० बजेदेखि असार १० गते अपरान्ह ५ बजेसम्म पायक पर्ने परीक्षा केन्द्र छनोट गर्न सूचित गरेको हो।

National life

परीक्षार्थीको विवरणका आधारमा एकीकृत प्रवेश परीक्षाको परीक्षा काठमाडौं उपत्यकाबाहिर गर्ने आवश्यकता निर्धारण गर्नका लागि विवरण माग गरिएको आयोगले जानकारी दिएको छ। विवरण प्राप्त भएपछि आवश्यकता र विद्यार्थी तथा आयोगलाई अधिकतमा सहज हुने गरी परीक्षा केन्द्र निर्धारण गरिने आयोगको भनाइ छ। 

कोरोना संक्रमणका कारण गतवर्षदेखि नै चिकित्सा शिक्षा तर्फको स्नातक तहको प्रवेश परीक्षा रोकिएको थियो।

प्रकाशित: Jun 21, 2021| 13:58 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्