बिहीबार, वैशाख १३, २०८१

मध्यपश्चिम विश्वविद्यालयको परीक्षामा 'मनपरी गर्ने' निर्देशक यादव छानबिनको 'लेन्स'मा 

‘विश्वविद्यालयको प्राज्ञिक मर्यादामा आँच आउने र विश्वविद्यालयको छवि धमिल्याउने काम गर्ने जोकोहीलाई निलम्बनदेखि जागिरबाट निष्कासन गर्नेसम्म मात्रै नभएर जेल पठाउन परे पनि म तयार छु। अपराध गर्ने व्यक्तिले सजाय भोग्नुपर्छ।’
 |  आइतबार, असार ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार ६, २०७८

काठमाडौं– मध्यपश्चिम विश्वविद्यालयको परीक्षामा अनियमितता गर्ने स्नात्तकोत्तर इन्जिनियरिङ कार्यक्रमका निर्देशक विश्वनाथ यादवमाथि जागिरबाट निलम्बनदेखि जेलसम्मको सजाय हुने भएको छ। उनले परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई मनलाग्दी ढंगले अंक दिएको विषयमा उजुरी परेपछि विश्वविद्यालयले छानबिन समिति गठन गरेको छ।

triton college

'मास्टर्स इन इन्जिनियरिङ' कार्यक्रमका निर्देशक यादवले पहिलो समेस्टरका विद्यार्थीलाई प्राक्टिलबापत समान अंक दिएका हुन्। उनले सम्बन्धित विषय शिक्षकले दिएको नम्बरलाई लुकाएर मनलाग्दी नम्बर दिएको पाइएको छ। उनले कतिपय विद्यार्थीको आन्तरिक मूल्यांकन नगरी हचुवाका भरमा नम्बर दिएका छन्।

उपकुलपति प्रा.डा. नन्दबहादुर सिहंले छानविन समितिले दिएको प्रतिवेदनका आधारमा दोषी देखिए यादवमाथि हदैसम्मको कारबाही गरिने बताए। परीक्षाको मर्यादा उल्लंघन गर्नेमाथि जागिरबाट निलम्बन देखि जेलसम्मको सजाय हुने व्यवस्था विश्वविद्यालयको विनियमावलीमा छ। राजनीतिक पहुँचका आधारमा यादवले मनपरी गरेको आरोप यादवमाथि छ।

‘विश्वविद्यालयको प्राज्ञिक मर्यादामा आँच आउने र विश्वविद्यालयको छवि धमिल्याउने काम गर्ने जोकोहीलाई निलम्बनदेखि जागिरबाट निष्कासन गर्नेसम्म मात्रै नभएर जेल पठाउन परे पनि म तयार छु। अपराध गर्ने व्यक्तिले सजाय भोग्नुपर्छ।’

उपकुलपति सिंहले भने, ‘विश्वविद्यालयको प्राज्ञिक मर्यादामा आँच आउने र विश्वविद्यालयको छवि धमिल्याउने काम गर्ने जोकोहीलाई निलम्बनदेखि जागिरबाट निष्कासन गर्नेसम्म मात्रै नभएर जेल पठाउन परे पनि म तयार छु। अपराध गर्ने व्यक्तिले सजाय भोग्नुपर्छ।’ उनले ३ देखि ५ दिनभित्रै पत्रकार सम्मेलन गरेर छानबिन प्रतिवेदन सार्वजनिक गर्ने बताए। 

corrent noodles
Metro Mart

मध्यपश्चिम विश्वविद्यालयमा कानुन विपरीतका गतिविधि हुँदै आएका छन्। त्यसो त अधिकांश घटनामा निर्देशक यादव नै मुछिएका छन्। विश्वविद्यालयमा रहेका एक जना स्थाई सहप्राध्यापक अनन्तराज घिमिरेले पढाउन नआए पनि राजनीतिक पहुँचकै भरमा जागिर खाइरहेका छन्। घिमिरे विद्युत् उत्पादन कम्पनी लिमिटेडका प्रवन्ध निर्देशक छन्। एउटै संगठनमा आबद्ध निर्देशक यादवले आपसी मिलेमतोमा घिमिरेलाई क्याम्पस नआएरै तलब खुवाउन लागिपरेका थिए। यस्तै यादवले विश्वविद्यालयको ल्याबमा आफ्ना मान्छेलाई जागिर ख्वाएका थिए। 

मध्यपश्चिम विश्वविद्यालय जहाँ परीक्षा नै नलिई नम्बर दिएर विद्यार्थी पास गराइयो

माओवादी केन्द्र निकट राष्ट्रिय प्राध्यापक संगठनले भने मनलाग्दी नम्बर दिएको आरोप लागेका निर्देशक यादवलाई सामान्य सोधपुछ गरेर छोड्न दबाब दिएको छ। यादव सोही संगठनका सक्रिय सदस्य हुन्। इन्जिनियरिङ तर्फको स्नात्तकोत्तर कार्यक्रममा भएको नतिजा प्रकाशनको विवादका विषयमा छानबिन गर्न प्राडा दीपबहादुर रावलको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेका थिए। समितिले परीक्षादेखि नतिजा प्रकाशनसम्म संलग्न सबैलाई पालैपालो स्पष्टीकरण सोधिसकेको छ। 

सबै विषयमा समान अंक

इन्जिनियरिङजस्तो विषयमा हचुवाको भरमा नम्बर दिँदै आएको गुनासो विद्यार्थीको छ। चिट चोरेर परीक्षा दिन पाइने र सर्टिफिकेटका लागि मात्र पढ्ने जागिरे विद्यार्थी पनि भएकाले यादवले त्यसको फाइदा लिँदै मनोमानी गरेका हुन्। प्रयोगात्मक कक्षा सञ्चालन नभएको भन्दै डिन कार्यालयले मास्टर्स तेस्रो सेमेस्टरको स्ट्रक्चरल इन्जिनियरिङको नतिजा प्रकाशन गरेको छैन। आन्तरिक मूल्यांकनको ४० मा ४० नम्बरमा पठाएपछि यसको नतिजा डिन कार्यालयले रोकिदिएको छ। सबै विषयमा समान नम्बर आएपछि विवाद बढेको थियो।
निर्देशक यादवले भने आन्तरिक मूल्यांकनमा कहिलेकाहीं मानवीय त्रुटि हुन सक्ने बताएका छन्। 

निर्देशक यादवले आन्तरिक मूल्यांकनमा कहिलेकाहीं मानवीय त्रुटि हुन सक्ने बताए। उनले भने, ‘शिक्षकले नै दिएको अंक मैले पनिकामा पठाएको हुँ। क्याम्पस नआउने विद्यार्थीले पनि नम्बर पाएको भन्ने होइन।’

शिक्षकले आन्तरिक मूल्यांकनको नम्बर दिएका छैनन्। यस्तै लिखित परीक्षामा २० जनामा ९ जना मात्र पास भएपछि यादवले हचुवाका भरमा अंक दिएको पुष्टि भएको हो। उनले विषय शिक्षकलाई नसोधी मनलाग्दी रुपमा नम्बर पठाएर विद्यार्थीको ग्रुपमा सेयर गरेका थिए।

निर्देशक यादवले आन्तरिक मूल्यांकनमा कहिलेकाहीं मानवीय त्रुटि हुन सक्ने बताए। उनले भने, ‘शिक्षकले नै दिएको अंक मैले पनिकामा पठाएको हुँ। क्याम्पस नआउने विद्यार्थीले पनि नम्बर पाएको भन्ने होइन।’ मूल्यांकनको मापदण्ड क्याम्पसमा नियमित नहुने विद्यार्थीले पनि पूरा गरेका हुन सक्ने दाबी उनको छ। उनले भने, ‘असाइनमेन्ट बुझाएका हुन्छन्। प्रयोगात्मक कक्षामा सहभागी भएका हुन्छन्। आन्तरिक परीक्षा हुन्छ। त्यसकै आधारमा मूल्यांकन गर्ने हो।’ 

मध्यपश्चिम विश्वविद्यालयको परीक्षामा भएको विवाद छानबिन गर्न समिति गठन

 

प्रकाशित: Jun 20, 2021| 16:47 आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्