बुधबार, फागुन २७, २०८२

चीनमा लगाइयो कोरोनाविरुद्धको एक अर्ब डोज खोप

चीनले आफ्नो देशका नागरिकलाई हालसम्म एक अर्ब डोजभन्दा बढी खोप लगाएको छ।
 |  आइतबार, असार ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार ६, २०७८

एजेन्सी- चीनले आफ्नो देशका नागरिकलाई हालसम्म एक अर्ब डोजभन्दा बढी खोप लगाएको छ। त्यहाँका स्वास्थ्यमन्त्रीका अनुसार विश्वभर कोरोनाको खोप पाएकामध्ये झण्डै एक तिहाइ जनसंख्यालाई चीनले खोप लगाइसकेको छ।

National life

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार मात्रै २ करोडभन्दा बढी डोज खोप दिइएसँगै हालसम्म १ अर्बभन्दा बढी डोज लगाइसकिएको हो। हालसम्म विश्वभर साढे २ अर्ब डोज खोप प्रदान गरिसकिएको तथ्यांक अक्सफोर्डले राखेको छ।

चीनमा झण्डै १ अर्ब ४० करोड जनसंख्या छ। चीनपछि अमेरिका र भारतले सबैभन्दा धेरै नागरिकलाई खोप प्रदान गरेका छन्।

चीनले त्यहाँका कुल कति प्रतिशतलाई खोप प्रदान गरिसकेको छ भन्नेबारे भने स्पष्ट तथ्यांक सार्वजनिक गरेको छैन। चीनले यो महिनाभित्रमा मुलुकभरका ४० प्रतिशत नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य राखेको छ।

चीनमा कोरोना भाइरसको पहिलो लहरमा कडा लकडाउन गरिएपछि कोरोनाको संक्रमण निकै सुस्त गतिमा फैलिन पाएको थियो। खोपको विकास भएसँगै उसले तीव्र गतिमा खोप कार्यक्रमहरु संचालन गरेको छ।

Laxmi sunrise bank
kumari

चीनले आफ्नो देशमा उत्पादन भएका थुप्रै खोपलाई कोरोनाविरुद्ध आपतकालीन प्रयोगको अनुमति दिएको छ। जसका कारण उसले पर्याप्तमात्रामा खोप लगाउन सकेको हो।

प्रकाशित: Jun 20, 2021| 12:48 आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।