आइतबार, जेठ ३, २०८३

त्रिभुवन विश्वविद्यालय धमाधम परीक्षा सञ्चालनको तयारीमा

त्रिभुवन विश्वविद्यालयले अब धमाधम परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ।
 |  आइतबार, असार ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार ६, २०७८

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले अब धमाधम परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ।

National life

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले बाँकी रहेका परीक्षाको फारम अनलाइनमार्फत् खुलाउने र क्रमिक रुपमा परीक्षा सञ्चालन गर्दै जाने निर्णय गरेको हो। 

स्नातक तह प्रथम वर्षको परीक्षा साउनभित्रै सुरु गर्ने 

शुक्रबार त्रिवि परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै स्नातक तह प्रथम वर्षका विद्यार्थीको परीक्षा आवेदन फारम भरेर क्याम्पसलाई बुझाउन दिएको समय असार ७ गते सोमबार सम्मलाई बढाएको छ। त्रिविले फारम रुजु गरेसँगै परीक्षा तालिका प्रकाशन गर्ने र विद्यार्थीले साउनभित्र स्नातक तह प्रथम वर्षको परीक्षा दिने व्यवस्था मिलाउन लागिएको छ।
यसलगत्तै स्नातकोत्तर दोस्रो वर्षको विज्ञान संकायबाहेक सबै संकायको परीक्षाको सूचना असार १५ गतेभित्र प्रकाशित गर्ने, एलएलबी प्रथम वर्षको परीक्षा र पहिले नै सूचना प्रकाशित भएका सबै परीक्षा भदौ १५ गतेभित्र सम्पन्न गर्ने गरी तयारी थालेको पनिकाले जनाएको छ। 

नेपालसमयसँग कुरा गर्दै त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले विद्यार्थीलाई पायक पर्ने स्थानबाट स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फरकफरक सिफ्टमा परीक्षा सञ्चालन गर्ने तयारी भएको बताए। 

उनले भने, ‘हामीले रोकिएका परीक्षाको धमाधम फारम खुलाउँदै जाने र स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर पुरानो रोकिएका परीक्षा सञ्चालन गर्दै जाने तयारीमा छौँ। पुरानो बाँकी रहेका परीक्षा सकिएलगतै अन्य परीक्षा सञ्चालन गर्ने गृहकार्य हुदैछ। रुटिन तयार भईसेकेको छ, मिति हाल्न मात्र बाँकी छ।’

नयाँ स्नातकोत्तर प्रथम वर्षमा अध्ययन गर्ने विद्यार्थीका लागि लिइने प्रवेश परीक्षाको फारम विज्ञान, व्यवस्थापन, शिक्षा संकायको खुलिसकेको र मानविकी संकायको १५ गतेपछि खुल्ने पनिकाले जनाएको छ। यता सेमेस्टर प्रणालीमा अध्ययन हुने स्नातकोत्तर प्रथम वर्षको भर्नाको लागि प्रवेश परीक्षाको आवेदन फारम त्रिविले यसअघि नै खुलाइसकेको छ।

स्नातक तह प्रथम वर्षको मेडिकल शिक्षातर्फको भर्नाका लागि भने चिकित्सा शिक्षा आयोगले असार २६ गतेबाट एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ।

त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थानले यसअघि रोकिएको स्नताक तह प्रथम वर्षको परीक्षा  साउन १९ गतेबाट सञ्चालन गर्ने जनाएको छ। यसका लागि विद्यार्थीले असार ३० गतेभित्र परीक्षा फारम भरिसक्न परीक्षा नियन्त्रण महासाखाले सूचित गरेको छ।  

पनिकाले स्नातक चौथो वर्ष व्यवस्थापन संकायको र मानविकी तेस्रो वर्षको नतिजा प्रकाशनको अन्तिम तयारीमा जुटेको जनाएको छ।

प्रकाशित: Jun 20, 2021| 10:23 आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्