आइतबार, वैशाख २७, २०८३

अमेरिकी सेनाको हतियार चोरेर हिंस्रक अपराधमा प्रयोग

अमेरिकामा केही महिना यता गोलाबारीका थुप्रै घटना घटिरहेका छन्। कहिले रेष्टुराँ, कहिले स्कुल त कहिले सडकमा गोलाबारीका घटना हुने गरेको र त्यसमा थुप्रै मानिसले ज्यान गुमाउने गरेका छन्।
 |  आइतबार, असार ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार ६, २०७८

अमेरिकामा केही महिना यता गोलाबारीका थुप्रै घटना घटिरहेका छन्। कहिले रेष्टुराँ, कहिले स्कुल त कहिले सडकमा गोलाबारीका घटना हुने गरेको र त्यसमा थुप्रै मानिसले ज्यान गुमाउने गरेका छन्।

National life

हालै मात्र चोरी भएको अमेरिकी सेनाको बन्दुकसमेत हिंस्रग घटनामा प्रयोग भएको पाइएको छ। न्यूयोर्कको राजधानी अल्बानीमा एक युवक गिरफ्तार भएका थिए। उनको साथबाट अमेरिकी सेनाले प्रयोग गर्दै आएको हतियार बरामद भएको थियो।

एक अपराधिक घटनाको अनुसन्धानका लागि पुलिसले ती युवाको पीछा गरिरहेको थियो। ती युवकले कम्मरबाट पेस्तोल निकाल्दै प्रहरीतिर तेर्स्याएका थिए।

प्रहरीले यस्तो नगर्न भन्दै ती युवालाई पेस्तोल फाल्न आग्रह गरेको थियो। प्रहरीको कुरा मान्दै ती युवकले पेस्तोल फालेका थिए। पुलिसले उक्त पेस्तोल बरामद गरेर जाँच गर्दा सेनाले प्रयोग गर्दै आइरहेको बेरेटा एम-९ भएको पत्ता लागेको थियो।

गोलीको जाँच गर्दा न्यूयोर्कमा चार ठाउँमा गोलीबारी गर्दा यही पेस्तोलको प्रयोग भएको पाइएको थियो। सेनासँग यसबारेमा बुझ्दा कसरी उक्त हतियार आपराधिक गिरोहोको हातमा कसरी पुग्यो भने जानकारी नभएको बताइएको छ। एजेन्सी

प्रकाशित: Jun 20, 2021| 02:02 आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।