आइतबार, साउन १७, २०८३

एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने चिकित्सा शिक्षा आयोगको तयारी

चिकित्सा शिक्षा आयोगले आगामी असार २६ गतेबाट एकीकृत प्रवेश परीक्षा सञ्चलन गर्ने तयारी गरेको जनाएको छ।
 |  आइतबार, असार ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार ६, २०७८

काठमाडौं- चिकित्सा शिक्षा आयोगले आगामी असार २६ गतेबाट एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। आयोगले कोरोना महामारीका कारण रोकिएको स्नातक तहको प्रथम वर्षमा भर्ना कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अनुमति दिए पाँच दिन भित्र एकीकृत प्रवेश परीक्षा सक्नेगरी तयारी थालेको हो। 

आयोगले संक्रमणदर कम हुँदै गएकाले स्वास्थ सुरक्षाका मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्ने तयारी गरेको आयोगका प्रवक्ता डिल्लीराम लुईटेलले जानकारी दिए। उनले भने, 'स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर असार २६ देखि पाँच दिन भित्र सक्नेगरी स्नातक तह प्रथम बर्षको मेडिकल तर्फको सबै विषयको प्रवेश परीक्षा सक्ने गरी तयारी थालेका छौं।’ यस वर्ष एमबीबीएस कार्यक्रमका लागि ११ हजार ३ सय जना सहित अन्य विषयमा ३२ हजार ८ सय विद्यार्थीले प्रवेश परीक्षाका लागि फारम भरेका छन्। 

आयोगले परीक्षा हुनुभन्दा १५ दिनअघि सार्वजनिक सूचना जारी गर्ने जनाएको छ।यस अघि आयोगले यस बर्षका लागि स्नातक तहका सबै विषयको सिट निर्धारण गरिसकेको छ।

प्रकाशित: Jun 20, 2021| 01:12 आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्