बुधबार, फागुन २७, २०८२

इरानको नयाँ राष्ट्रपति इब्राहिम राइसी निर्वाचित

इरानको नयाँ राष्ट्रपतिमा इब्राहिम राइसी निर्वाचित भएका छन्।
 |  शनिबार, असार ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार ५, २०७८

एजेन्सी- इरानको नयाँ राष्ट्रपतिमा इब्राहिम राइसी निर्वाचित भएका छन्। मत गणना थुप्रै जारी रहँदा इरानको सर्वोच्च अदालतका प्रधानन्यायाधीशसमेत रहेका राइसी राष्ट्रपति बन्ने निश्चित भएको हो।

National life

जारी मतगणनामा ९० प्रतिशत गणना सम्पन्न भएको त्यहाँका गृहमन्त्रीले बताएका छन्। ६० वर्षीय राइसीले २ करोड ८६ लाख भोट गणना भएकोमध्ये १ करोड ७८ लाख भोट प्राप्त गरेको जनाइएको छ।

मतगणना सकिन थाल्दै गर्दा वर्तमान राष्ट्रपति हसन रुहानीले नयाँ राष्ट्रपति चुनेकोमा सबै मतदातालाई धन्यवाद दिएका छन्। उनी दुई कार्यकाल राष्ट्रपति बनेर बिदा हुन थालेका हुन्।

इरानका सर्वोच्च नेता अली होसेनी खामेनीका चेला मानिने राइसी दक्षिणपन्थी विचारक रुपमा परिचित छन्। उनीसँग ४ जना उम्मेदवारी चुनावी मैदानमा थिए।

प्रकाशित: Jun 19, 2021| 12:22 शनिबार, असार ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।