आइतबार, साउन १७, २०८३

मुस्ताङमा खोप तारेको भिडियो 'कोट ट्विट' गर्दै डब्लुएचओ प्रमुखले व्यक्त गरे यस्तो चिन्ता

कोरोना विरुद्धको खोप कार्यक्रममा खटिने स्वास्थ्यकर्मीहरूलाई धेरै स्थानमा खोप पुर्‍याउन नसकिएको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन्। स्वास्थ्यकर्मीहरूले खोप लगाउनु समतामूलक न्याय नभएको उनको भनाइ छ। 'मानिसहरूको जीवन बचाउन स्वास्थ्यकर्मीहरू कसरी खटिन्छन् भन्ने यो भिडियोले देखाएको छ। अझ पनि धेरै ठाउँमा यस्ता हिरोहरूलाई भ्याक्सिन नलगाइने कतिसम्म न्यायोचित हो?,' डा टेड्रोसको प्रश्न छ। 
 |  शनिबार, असार ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार ५, २०७८

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक टेड्रोसले मुस्ताङमा खोलाबाट खोप तार्दै गरेको भिडियोलाई कोट ट्विट गर्दै चिन्ता व्यक्त गरेका छन्। विश्वसमा कोरोना  भाइरसविरुद्धको खोपका लागि स्वास्थ्यकर्मीहरू खटिरहेको भन्दै उनले प्रशंशासँगै चिन्ता पनि व्यक्त गरेका हुन्। 

कोरोना विरुद्धको खोप कार्यक्रममा खटिने स्वास्थ्यकर्मीहरूलाई धेरै स्थानमा खोप पुर्‍याउन नसकिएको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन्। स्वास्थ्यकर्मीहरूले खोप लगाउनु समतामूलक न्याय नभएको उनको भनाइ छ। 'मानिसहरूको जीवन बचाउन स्वास्थ्यकर्मीहरू कसरी खटिन्छन् भन्ने यो भिडियोले देखाएको छ। अझ पनि धेरै ठाउँमा यस्ता हिरोहरूलाई भ्याक्सिन नलगाइने कतिसम्म न्यायोचित हो?,' डा टेड्रोसको प्रश्न छ। 

डा टेड्रोसले सेयर गरेको भिडियोमा खोलाबाट लठ्ठीको सहाराले खोप तार्दै गरेका स्वास्थ्यकर्मीहरुको दृश्य छ। यो मुस्ताङ जिल्लाको भिडियो हो। भिडियोमा मुस्ताङमा स्वास्थ्यकर्मीहरुले खोलाको भेलका बीच लठ्ठीको सहायताले खोपको बाकसलाई तार्दै गरेको दृश्य देखिन्छ। जुन भिडियो सामाजिक सञ्जालमा भाइरल समेत बनेको छ।

प्रकाशित: Jun 19, 2021| 12:16 शनिबार, असार ५, २०७८
प्रतिक्रिया दिनुहोस्