शुक्रबार, साउन ८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • उत्तर कोरियाली शासक किमले भने- अमेरिकासँग वार्ता र लडाईं दुवैका लागि तयार

उत्तर कोरियाली शासक किमले भने- अमेरिकासँग वार्ता र लडाईं दुवैका लागि तयार

उत्तर कोरियाली शासक किम जोङ उनले अमेरिकासँग वार्ता र लडाईं दुवैका लागि तयार भएको बताएका छन्।
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

काठमाडौं- उत्तर कोरियाली शासक किम जोङ उनले अमेरिकासँग वार्ता र लडाईं दुवैका लागि तयार भएको बताएका छन्।

बीबीसीका अनुसार किमले बिहीबार सत्तारुढ वर्कर्स पार्टी केन्द्रीय समितिको बैठकमा उत्तर कोरियाले अमेरिकासँग वार्ता र लडाईं दुवैका लागि तयार रहनुपर्ने बताएका हुन्।

किम जोङले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको प्रशासनलाई दिएको योे पहिलोे चेतावनी हो।

किमले पार्टीको केन्द्रीय बैठकमा कोरिया–अमेरिका सम्बन्धबारे रणनीतिको प्रारुप सार्वजनिक गरेका हुन्। कोेरियाले पहिलोपटक अमेरिकासम्बन्धी रणनीति सार्वजनिक गरेको हो।

यसअघि पनि उत्तर कोरिया र अमेरिकाबीच सम्बन्ध सुधारका लागि किम र अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच धेरै प्रयास भएका थिए।

उत्तर कोरियाले जो बाइडेन प्रशासनले आफूलाई शत्रुको जस्तो व्यवहार गरेको आरोप लगाएको छ।

‘देशको सार्वभौमसत्ता र स्वतन्त्रता रक्षाका लागि हामी वार्ता  र लडाईं जुनसुकै कुराका लागि तयार छौं,  उत्तर कोरिया शान्त वातावरणमा आफ्नो सुरक्षा चाहन्छ,’ किम जोङ उनले भनेका छन्।

किमले कोरियालाई कसैले पनि नियन्त्रणमा राख्न खोजे त्यसको ठोस जवाफ फर्काउन आफू सधैँ तयार रहेको बताए। 

प्रकाशित: Jun 18, 2021| 07:54 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।