शुक्रबार, कात्तिक २८, २०८२

‘म केही गर्छु’ शीर्षकमा सर्ट फिल्म प्रतिस्पर्धा घोषणा

राष्ट्रिय युवा संघ नेपालले ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ।  
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

काठमाडौं– राष्ट्रिय युवा संघ नेपालले ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ।  

National life

लकडाउनका कारण घरबाट बाहिर निस्कन नपाएका युवाहरुको समय सदुपयोग तथा रचनात्मक सहभागिता, उनीहरुको प्रतिभा पहिचान, प्रस्फुटन तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित यो प्रतियोगिताको आयोजना गर्न लागिएको राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए । 

प्रतियोगितामा सहभागी हुन चाहनेले उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जन आदि विषयमा केन्द्रित रही बढीमा ५ मिनेटसम्मको फिल्म बनाउनुपर्ने छ ।  

अध्यक्ष पौडेलका अनुसार प्रतियोगितामा सहभागी हुन चाहने फिल्मकर्मीले सर्वप्रथम ‘म केही गर्छु’ भन्ने विषयमा केन्द्रित रही असार २५ गतेसम्म इमेलमार्फत स्क्रिप्ट पठाइसक्नु पर्नेछ। यसरी सहभागिताका लागि आएका स्क्रिप्टलाई विज्ञ समूहले अध्ययन गरी आवश्यक परामर्श तथा सुझाव दिनेछ । 

यो प्रक्रियाबाट बनेका फिल्महरु मध्ये उत्कृष्ट तीन फिल्मलाई पुरस्कृत गरिने छ। जसअनुसार पहिलो हुने फिल्मले २ लाख ५० हजार, दोस्रो हुने फिल्मले १ लाख ५० हजार र तेस्रो हुने फिल्मले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । नेपाल फिल्म एकेडेमी सहआयोजक रहेको यो कार्यक्रमलाई नेसनल युथ काउन्सिलले प्रवर्द्धन गर्नेछ ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 18, 2021| 07:10 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्