सोमबार, चैत ९, २०८२

खोप नपाएसम्म भौतिक कक्षा नचलाउने शिक्षक महासंघको चेतावनी

नेपाल शिक्षक महासंघले डिजिटल आन्दोलनबाट आफ्ना मागहरु पूरा नभए सडक आन्दोलनमा उत्रने चेतावनी दिएको छ। 
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

काठमाडौं- नेपाल शिक्षक महासंघले डिजिटल आन्दोलनबाट आफ्ना मागहरु पूरा नभए सडक आन्दोलनमा उत्रने चेतावनी दिएको छ। 

National life

महासंघले देशैभर रहेका करिब साढे ३ लाख शिक्षक तथा विद्यालयका कर्मचारीलाई कोरोनाको खोप नलगाएसम्म विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गर्न नदिने घोषणा गरेको छ। बिहीबार भर्चुअल रुपमा महासंघको अवधारणा पत्र प्रस्तुत गर्दै महासंघका सहअध्यक्ष पूर्णप्रसाद दवाडीले सबै शिक्षकलाई कोरोना खोप नलगाएसम्म भौतिक रुपमा कक्षा बहिष्कार गर्ने बताएका हुन्।

महासंघको अवधारणापत्रमा शिक्षालाई गुणस्तरीय बनाउन सबै शिक्षक एकै खालको हुनुपर्ने, अब नियुक्त भएका शिक्षक सबै स्थायी हुनुपर्ने, सरकारले शिक्षक सेवा आयोगका रिक्त पदाधिकारी कानुनसम्मत सिफारिस भएर पनि नियुक्त गर्नुपर्ने, रोकिएको शिक्षकको आन्तरिक बढुवाको कामलाई अघि बढाउनुपर्ने, स्वतन्त्र रुपमा योग्य स्थायी शिक्षक नियुक्त गर्न शिक्षक सेवा आयोगलाई लोकसेवा आयोग जस्तै बनाइनुपर्ने लगायतका माग उल्लेख छन्।

सहअध्यक्ष दवाडीले सरकारले आगामी वर्षको बजेटमा घोषणा गरेको प्रारम्भिक बालविकासका शिक्षक र विद्यालयका कर्मचारीको तलव वृद्धिलाई कार्यान्वयन गर्न विलम्ब गरे महासंघ कडाभन्दा कडा आन्दोलनमा उत्रिने बताए। 

उनले भने, ‘बाल विकासका शिक्षक र कर्मचारीलाई बढेको तलबको दायित्व संघीय सरकार र स्थानीय सरकारमा विभाजन गरिएको हुनाले अल्झाउन खोजिएको छ। तलब कार्यान्वयनमा समस्या भए र विगतमा सरकारसंग भएको सम्झौता कार्यान्वयन नभए तेस्रो चरणको निर्णायक आन्दोलनमा जानुको विकल्प छैन।’

Laxmi sunrise bank
kumari

उनले सरकारले संघीय शिक्षा ऐन जारी गर्न नसक्दा शिक्षा क्षेत्रमा समस्याको चाङ लागेको बताए। उनले भने, ‘स्थानीय सरकारले विद्यालय शिक्षालाई व्यवस्थापन गर्न सकेकै छैनन्।’

महासंघले सरकारले शिक्षक र निजामती कर्मचारीमा विभेद गरेको निष्कर्ष निकालेको छ। महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले सरकारले शिक्षकलाई खोपको विषयमा बारम्बार घचघचाउदा पनि सम्बोधन नगरेकाले शिक्षकले कोरोना खोप नलगाएसम्म भौतिक रुपमा पठनपाठन नगर्न महासंघले निर्देशन दिएको बताए।

प्रकाशित: Jun 17, 2021| 13:23 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्