शुक्रबार, कात्तिक २८, २०८२

ओटिटीमा रिलिज हुँदै फरहानको ‘तुफान’, देखिँदैछन् बक्सरको भूमिकामा

अभिनेता फरहान अख्तरको स्पोर्टस् ड्रामा फिल्म ‘तूफान’को नयाँ रिलिज डेट घोषणा भएको छ। फरहान स्वयम्ले सोसियल मिडियामा फिल्मको एक पोस्टर सेयर गर्दै यसबारे जानकारी दिएका हुन्। 
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

National life
Laxmi sunrise bank
kumari

अभिनेता फरहान अख्तरको स्पोर्टस् ड्रामा फिल्म ‘तूफान’को नयाँ रिलिज डेट घोषणा भएको छ। फरहान स्वयम्ले सोसियल मिडियामा फिल्मको एक पोस्टर सेयर गर्दै यसबारे जानकारी दिएका हुन्। 

उनले पोस्टरको क्याप्सनमा लेखेका छन्, ‘नम्रता, प्रेम र देशका सुन्दर जनताप्रति समर्पण गर्दै हाम्रो फिल्म ‘तूफान’ १६ जुलाईमा ओटीटी प्लेटफार्म अमेजन प्राइम भिडियोबाट रिलिज हुनेछ।’ यसअघि यो फिल्म २१ मेमा डिजिटिल रिलिज हुने तय भएको थियो तर कोराना महामारीका कारण स्थगन भयो । 

राकेश ओम प्रकाश मेहराको निर्देशनमा तयार भउको यो फिल्ममा फरहान एक बक्सरको भूमिकामा देखिँदैछन्। फरहानको अलावा यो फिल्ममा मृणाल ठाकुर, परेश रावल, विजय राज, मोहन अगाशे, हुसैन दलाल र दर्शन कुमार पनि प्रमुख भूमिकामा छन्। परेश फिल्ममा फरहानको बक्सिङ कोचका रुपमा देखिँदैछन्।

प्रकाशित: Jun 17, 2021| 06:57 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्