शुक्रबार, असार ५, २०८३

मेलम्चीको पछिल्लो अवस्था [६ तस्बिरमा]

 सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले मेलम्ची, हेलम्बु, पाँचपोखरी थाङपालधाप लगायतका विभिन्न ठाउँमा बिजुली अवरुद्ध भएको बताए।
 |  बुधबार, असार २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २, २०७८

काठमाडौं– मेलम्चीमा आएको बाढीले सय वर्षअघिदेखि निर्माण भएका सबै संरचना नष्ट भएका छन्। मंगलबार मेलम्ची र इन्द्रावती नदीमा उर्लिएको बाढीले राणाकालीन झोलुंगे पुल र अन्य भौतिक संरचना पूरै बगाएको छ भने चौतारा–मेलम्ची सडकको पक्की पुल पनि बगाएको छ।

National life

बाढीमा परेका केहीको उद्धार गरे पनि बजार क्षेत्रका बासिन्दा कहाँ बस्ने के खाने भन्ने टुंगोमा छैनन्। बाढीले बगाएका सात जनाको शव फेला परेको प्रहरीले जनाएको छ। यस्तै मेलम्ची खानेपानी आयोजनाका ४७ कामदारको उद्धार गरिएको छ। मेलम्चीबाट हेलम्बु जाने सडक कामै नलाग्ने गरी क्षति भएको छ। यस्तै मेलम्चीबाट तिपनीतर्फ जाने सडक पनि बगाएको छ। 

अन्य कति बेपत्ता भए भन्ने कुनै विवरण प्राप्त नभएको सुरक्षा अधिकारीहरुले बताएका छन्।  सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले मेलम्ची, हेलम्बु, पाँचपोखरी थाङपालधाप लगायतका विभिन्न ठाउँमा बिजुली अवरुद्ध भएको बताए। यस्तै टेलिफोन सम्पर्क विच्छेद हुँदा कहाँ कति क्षति भयो भन्ने विवरण लिन कठिन भइरहेको सापकोटाले बताए।

Shivam cement

प्रकाशित: Jun 16, 2021| 10:10 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।