काठमाडौं : प्रगतिशील लेखक संघ, नेपाल केन्द्रीय समितिको आयोजनामा यही असार १ गते प्रलेस परिसम्बादको १५ औं श्रृंखलामा रुपचन्द्र विष्ट र थाहा चिन्तनको बारेमा परिचर्चा सम्पन्न भएको छ।
प्रगतिशिल लेखक संघका उपाध्यक्ष डा. पुष्करराज भट्टको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रमको सञ्चालन महासचिव आर एम डंगोलले गरेका थिए । कार्यक्रममा प्रमुख वक्ता विश्लेषक श्याक श्रेष्ठले रुप चन्द्र विष्टका जीवनका अनेकन पाटाको बारेमा चर्चा गर्नाको साथै उनको चिन्तनधाराको बारेमा विभिन्न दृष्टिकोण प्रस्तुत गरेका थिए ।
रुपचन्द्र बिष्टका व्यवहारिक जीवनका अनेककन कमजोरीका बावजुद उनी नेपाली समाजका उत्कृष्ट जनपक्षिय व्यक्ति भएको निष्कर्ष समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा राम विनय, शान्ता मानवी, गोपीरमण उपाध्याय समीर सिंह, श्याम रिमाल, जगत वाशिष्ठ मोहन बहादुर कायस्थ लगायतका स्रष्टाले आफ्ना विचार राखेका थिए ।
कार्यक्रमको प्रमुख वक्ता विश्लेषक श्याम श्रेष्ठले रुपचन्द विष्ठका जीवनका कार्यक्रमको अन्त्यमा प्रलेस अध्यक्ष मातृका पोखरेलले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४