काठमाडौं- विश्व कम्युनिष्ट आन्दोलनका चर्चित नेता चे ग्वेभाराको ९० औं जन्म जयन्तीको दिन शुक्रबार नेपाल ल क्याम्पस प्रदर्शनी मार्गमा अन्र्तक्रिया कार्यक्रम भएको छ ।
अर्जेन्टिनाको रोसारियोमा सन् १९२८ जुन १४ मा जन्मिएका ग्वेभाराले क्युबाली क्रान्तिमा निकै ठुलो भूमिका निर्बाहा गरेका थिए ।
विश्व कम्युनिष्ट आन्दोलनमा लगातार क्रान्तिको नेतृत्व गर्ने ग्वेभाराले क्युवामा क्रान्ति सफल भएपछि पुनः बोलिभियामा क्रान्ति गर्न गए ।
एकपटक शक्तिमा पुगिसकेको ब्यक्ति सबै चिज छाडेर पुनः क्रान्तिमा गएको उनको इतिहासले अहिले पनि चिन्तकहरूलाई झकझक्याई रहन्छ ।
अन्र्तक्रिया कार्यक्रममा सहभागी नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटि सदस्य राम कर्कीले चे ग्वेभाराको जीवनीबाट आजका नेताहरूले पारदर्शिता सिक्नुपर्ने बताए ।
कार्यक्रममा युवा नेता डीपी ढकालले चे ग्वेभाराको संक्षिप्त जिवनी प्रस्तुत गर्दै चेको त्याग र समर्पणबाट युवाहरूले सिक्नु पर्ने विषय धेरै रहेको बताए । डा. कृष्ण पौडेलले क्युवाको कृषि क्रान्तिबारे जानकारी गराउँदै क्युवामा कसरी समाजवादको अभ्यास गरिरहेको छ भन्ने उदाहरण प्रस्तुत गरे ।
लामो समय कम्युनिस्ट आन्दोलनमा बिताएका सुनिल मानन्धरले चे ग्वेभाराको जीवनको उतार चढावका बारेमा बोले भने नेता राम कार्कीले कार्यक्रममा चे का विभिन्न प्रसङ्गहरू कोट्याउदै उनको जिवनको सार्थकताका बारेमा प्रष्ट पारे ।
उनको ३९ बर्षको उमेरमा बोलिभियाको भिलेजग्रण्डे, लाहिग्वेरामा सन १९६७ अक्टोबर ९ मा अमेरिकी सिआइएले हत्या गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४