सोमबार, असार २९, २०८३

 सिंगै बस्तीको मृत्यु कुरेर बसेका छन् उनीहरू

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
ओखलढुंगा-  ओखलढुंगा जिल्लाको एउटा दुर्गम बस्ती हो मोलुङ ३ को केराबारी, जहाँ वर्षा याममा गड्याङ्ग गुडुङ्ग गर्दा स्थानीय घर बाहिर निस्कन्छन् ।  यसो घरको छाना छलेर आँखामाथि लाउँछन् । उनीहरुसँग एउटा मात्र मन बुझाउने शब्द छ, राम राम !

यो उनीहरुको नयाँ  राताचर्य होइन । वर्षौ भयो यस्तो गर्दै बितेको। उनीहरुको बाबुबाजे पनि यसै गर्दै बिताए । बस्ती अझै छ । उनीहरुसँग अन्न छ । खाने चिज छ, खेतबारी पनि छ ।तर खाएको जिउमा लाग्दैन किन कि हरेक रात गुडुङ्ग गर्दा उनीहरुको तागत त्यो आवाजले लान्छ । उनीको पीर हुन्छ, कुन बेला सिंगै वस्ती एक चिहान हुन्छ। हामी मात्र मर्ने होइन, सिगै १९ घर त मर्ने हो भन्दै उनीहरुले मनलाई साम्य पार्ने गर्छन्।
 
उनीहरु यसरी नै मनलाई स्थिर बनाइरहेका थिए। तर  २०७२ साल बैशाख ११ को भुकम्पले जसरी नेपाल हल्लायो, त्यसले उनीहरुको सम्हालिएको मन समेत बिथोलो । 
भुइँचालोले उनीहरुको बस्ती माथि पहिरो बज्रियो । मोलुङको वडा नं ३  केरावारीका १९ घर परिवारलाई दुई विकल्प थिए। मृत्यु वा विस्थापन। उनीहरुको विस्थापनको बाटो रोज्न सक्ने अवस्थामा थिएनन् । अन्तिममा रोजे उनीहरुले आफ्नै माटो माथिको मृत्यु, यो भन्दा बाहेक अर्को बाटो थिएन।

तर सधै सबै तिर नराम्रा काम हुदैनन्। पोलिटिक्स डटी गेम  भन्ने उक्तिलाई अस्वीकार गरे यस क्षेत्रका राजनीतिक दलका नेता तथा कार्यकर्ताले । उनीहरु सबै एक मत भए केराबारीका जनतालाई माटोको नाममा मृत्यु नरोजाई । यसको अगुवाई गरे  संघीय संसदका सांसद यज्ञराज सुनुवारले । 


उनकै अगुवाईमा ओखलढुंगामा पहिरो जोखिममा परेका पीडितहरुलाई एकीकृत बस्तीमा सार्ने अभियान सुरु भएको छ । यस जिल्लाका चार ठाउँमा बस्ती सार्ने टोलीको अभियान अन्तरगत पहिलो थियो केराबारी । केराबारीका १९ मध्ये १२अ  परिवारलाई प्राप्चाको वडा नं ३ फुँयाल गाँउमा ५ रोपनी जग्गामा सार्ने निर्णय अनुसार सांसद सुनुवारले बिहीबार लालपुर्जा हस्तान्तरण गरे। 
प्राप्चाको देउरालीमा आयोजित सो कार्यिक्रममा नेपाली कांग्रेस र  कम्युनिष्ट पार्टीका कार्यकर्ताको एउटै भनाइ थियो ‘ राजनीति अब चार वर्षपछि गरौंला, अहिले जनताको सेवा गरौ। यसैलाई आधार मान्दै साँंसद सुनुवारले मोलुङ गाँंउपालिका  उच्च राजनीतिक संस्कार भएको गाँउ पालिका प्रमाणित भएको  घोषणा गरे।
 
उनीहरुले बिहीबार पुर्जा पाएपछि अब माटो माथिको मृत्यु नरोजेको प्रतिक्रिया दिए। उनीहरुले केरावारीको सामुन्ने घर बनाउने छन्। उनीहरु केराबारीमा खेती गर्न जाने छन् ।  साँंझ परेपछि गाड्याङ गृडुङ्गको आवजले उनीहरुको निन्द्र बिगार्ने छैन। अब उनीहरुको मनस्थिति समेत फेरिएको छ। एक दिन उनीहरुको सिंगै वस्ती केराबारी पहिरोमा बगेर मृत्यु हुँदा उनीहरुले हँंस्दै भन्ने छन ‘ राम राम। किन कि उनीहरु त्यो बस्तीको मृत्यु  कुरेर बसेका छन्।  उनीहरुको मृत्यु आफ्नै माटो माथि हुने छैन। उनीहरुकै अगाडि  माटोले मृत्युबरण गर्ने छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।