चितवन- चितवनको पृथ्वी राजमार्गमा पर्ने चुमलिङ्टारमा ट्रक र माइक्रोबस एकआपसमा ठोक्किदा मृत्यु हुने संख्या ४ पुगेको छ ।
३ जनाको दुर्घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएसंगै मृतकको संख्या ४ पुगेको हो ।
मृत्यु हुनेमा चालक कास्की रुपाकोट–८ का ३३ वर्षीय चन्द्रबहादुर केसी रहेको प्रहरीले जनाएको छ । मृतक अन्य तीन जनको सनाखत हुन सकेको छैन ।
पोखराबाट काठमाडौंतर्फ गइरहेको ग १ ख ७६९२ नम्बरको माइक्रोबस र काठमाडौंबाट मुग्लिनतर्फ आइरहेको ना ६ ख ४०६४ नम्बरको ट्रक शुक्रबार बिहान करिब साढे ७ बजे चुमलिङ्टारमा एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा परी घाइतेमध्ये पाँच जनाको चितवन मेडिकल कजेल र एक जनाको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४